महामारी रोगहरु नियन्त्रणमा आउँदैछन् : मन्त्री खनाल

सदरलाइन संवाददाता १४ असार २०८०, बिहीबार १८:३२
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको बताएका छन् ।

बाँकेलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा सभालाई बिहीवार नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री खनालले मन्त्री खनालले खोपको शुरुवातसंगै महामारी रोगहरु नियन्त्रणमा रहेको बताएका छन् । कुनै बेला महामारीकै कारण मानिसहरुको ज्यान जाने गरेका घटनाहरु सुन्दै आइएको स्मरण गर्दै उनले अहिले खोपको प्रभावकारितासंगै त्यसयता महामारी रोग नियन्त्रणमा रहेको बताए ।

‘अहिले नसर्ने रोगको महामारी देखिएको छ । यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको छ’ उनले भने, ’प्रदेश सरकारले सीमित स्रोत साधनका बीच पनि नसर्ने रोग नियन्त्रणमा बजेटको ब्यबस्था गरेको छ ।’

उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरेको बताए । उनले निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी लागिपरेको बताए । उनले स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रबाह गर्ने गरी सरकार लागिपरेको पनि उल्लेख गरे ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले कुनै पनि बालबालिका खोपबाट वंचित नहोस् भन्ने सवालमा सबै गम्भीर हुनुपर्ने बताए । उनले नेपाल सरकारले तोकेका खोपहरु लक्षित बालबालिका सबैले पाउनुपर्ने बताए । त्यसका लागि स्वास्थ्यकर्मीहरु चनाखो हुनुपर्ने बताए ।

यस्तै लुम्बिनी प्रदेशसभाका अर्का सदस्य बादशाह कुर्मीले रोगबाट सुरक्षित हुन खोप जरुरी रहेको बताए । उनले अझै पनि सबै बालबालिकाले खोप नपाएको भन्दै स्वास्थ्यकर्मीको ध्यानाकर्षण गराए । उनले मधेसी तथा मुस्लिम समुदायमा जनचेतनाको अभावमा बालबालिकाले नियमित खोप नपाएको बताए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिब डा. जनार्दन पन्थी, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाको तर्फबाट खजुरा गाउँपालिका–२ का वडा अध्यक्ष धनराम वली, बर्दिया स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी, स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती लगायतले बोलेका थिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने खोप फोकल पर्सन नरेश श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिए । सडकको वरिपरि ढल निकास, फराकिलो बनाउने र वालको काम जारी रहेको छ । रिम्नादेखि तल्लुबगरसम्मको अर्को ४० किलोमिटर खण्डमा समेत काम जारी रहेको छ ।

आर्थिक वर्षभित्र ५६ किलोमिटर कालोपत्रे गरिसक्ने बिल्डर्सका अध्यक्ष केसीको भनाइ रहेको छ । यस खण्डमा भ्याटसहित एक अर्ब ८ करोड रुपयिाँको ठेक्का सम्झौता रहेको छ । यस सडकखण्डको बिचमा रहेका खोला तथा भेरी नदीमा पुल निर्माण समेत भइरहेको छ ।

आयोजनाका साइट इन्चार्ज बबिन बुढाथोकीले कालेगाउँदेखि रिम्ना बिचमा पर्ने घरटहराको क्षतिपूर्तिको मुआब्जामा ढिलाइ भएकाले काममा प्रभाव परेको जानकारी दिए । सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिनाअघि मात्र अलग बनाई भेरी कोरिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ । यसबिचमा रहेका पुलसमेत भेरी कोरिडोरकै मातहत आइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा २० ओैं धान दिवस तथा रोपाई महोत्सव मनाइयो

१४ असार २०८०, बिहीबार १८:३२
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले शुक्रवार २०औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । “जलवायु अनुकुल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यतामा खजुरा गाउँपालिका वडा न.३ मनकामनामा धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । खजुरा गाउँपालिकाको […]

सम्बन्धित