‘शिक्षामा नेपालगन्जलाई अब्बल बनाउँछौं’

१४ चैत्र २०७४, बुधबार १२:५१
 

 स्थानीय तहमै शिक्षा सम्बद्ध निकायहरु आवद्ध भएपछि उनीहरुले कसरी काम गरिरहेका छन् । संविधान अन्र्तगत रहेर छुट्टै सरकारको अभ्यास गर्ने अवसर स्थानीय निकायलाई छ । यस्तो अवस्थामा नेपालगन्ज उपमहानगरपालिकामा शिक्षाको बिषयलाई कसरी अघि बढाइएको छ ? भन्ने आम चासो रहेको छ । प्रस्तुत छ, यसै बिषयमा नेपालगन्ज उप–महानगरपालिका शिक्षा शाखा प्रमुख इश्र्वर पौडेलसंग गरिएको कुराकानी :

  • तपाईहरुले कसरी काम गरिरहनुभएको छ ?

सबै शैक्षिक गतिबिधिहरु स्थानीय तह अन्र्तगत गएपछि त्यसै अनुसारका अभ्यासहरु भइरहेका छन् । शुरुवात भएका कारण केही समस्याहरु थिए र अझै छन् नि । तर ती बिस्तारै समाधान हुदै जान्छन र समाधान गर्नु बाहेक अरु बिकल्प पनि छैन । हामी आएपछि सबै भन्दा पहिले त कार्यालय र त्यसको व्यवस्थापनमै समय लाग्यो । केही समय त्यसको व्यवस्थापन गर्न तर्फ नै लाग्यौ । त्यसपछि नीतिगत तहका कामहरु भइरहेका छन् ।

  • कर्मचारीको व्यवस्थापन र कार्यालय व्यवस्थापन सन्तोषजनक छ  ?

नया“ घर बनाउदा जसरी व्यवस्थापन चुनौतीपूर्ण हुन्छ हामी त्यसै अवस्थामा छौ भन्दा हुन । त्यसकारण कर्मचारी व्यवस्थापन र कार्यालय व्यवस्थापन सन्तोषजनक हुने कुरै भएन तर सन्तोष मान्नुपर्छ । हामी नया तरिकाबाट जादैछौं । केही अफ्ठयारा भए त्यसलाई सहजरुपमा लिनुपर्छ छ । कर्मचारीको अभाव छ ।

  •  कर्मचारीको अभावले काममा समस्या छ ?

हामीलाई चाहिने कर्मचारी १५ जना जति हो । एक मात्र उपमहानगरपालिकाभित्रको शैक्षिक गतिबिधिहरु हेर्नका लागि ठुलो संख्यामा कर्मचारी आवश्यक छ । तर अहिले जम्मा दुई जना मात्र छौं । तपाई आफै सोच्नुहोस कति समस्या भएको होला ? तर समस्या छ भन्दैमा काम ने रोक्ने कुरै भएन । बरु दिनमा १८ घण्टा आफै खटिएका छौं तर काममा समस्या हुन दिएका छैनौ । बिहानदेखि सांझसम्म काममा खटिएका छौं । जता दौडिनुपर्ने हो त्यता दौडिएका छौं । खटिएका छौं ।


  •  यस्तो कहिलेसम्म होला ?

धेरै समयसम्म यस्तो हुनुहुदैन । हुदैन पनि । यसको व्यवस्थापनको लागि पहल भइरहेको छ । उपमहानगरपालिकाका मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरु गम्भीर हुनुहुन्छ । उहांहरु यसप्रति निकै नै संवेदनशिल भएको मैले पाएको छु । नत्र थोरै कर्मचारीको बीचमा रहेर काम गर्न पनि निकै मुस्किल नै हुन्थ्यो । उहांहरु निकै सकारात्मक भएर नै काम गर्ने जागर पलाएको छ ।

  •  शिक्षकले तलव पाउनै मुस्किल हुने अवस्था थियो ।

केही समस्याहरु भए । तर त्यसको व्यवस्थापन भइसकेको छ । आगामी दिनमा त्यस्तो हुन नदिन हामी गम्भीर भएर लागेका छौं । शुरु शुरु भएकाले केही न केही समस्याहरु सिर्जना भइरहन्छन् तर अव त्यस्तो हुन दिदैनौं ।

  •  नीतिगत तहमा के के काम गर्नुभयो ?

नीतिगत तहको महत्वपुर्ण काम भनेको शिक्षा नियामावली बनाउने काम हो । त्यो काम सम्पन्न भइसकेको छ । हामी त्यसलाई पारित गर्ने तयारीमा लागेका छौं । त्यो भन्दा पहिले हामी सम्बद्ध पक्षसंग अझै गम्भीररुपमा छलफल गर्छौ र सर्वस्वीकार्य पार्छौ । त्यस्तै नगर शिक्षा समिति समेत गठन गरी तिब्ररुपमा काम गरिरहेका छौं । यि सबै नीतिगत तहमा कामहरु हुन ।

Next Post

संस्मरण : अब कसले सोध्ला र ? हरियो पत्ता छ भाइ !

१४ चैत्र २०७४, बुधबार १२:५१
विमल अधिकारी  कोलराडो, अमेरिका,   यो वर्षको फेबु्रअरी १ तारिख विहीबार, राति म काम कामैमा हुन्छु, फोन आउँछ । स्टोरमा फोन उठाउन नमिल्ने रोजगारदाताले तोकेको सर्तको अवज्ञामा म फोन उठाउने जमर्को गर्छुृ नेपालबाट आएको फोन हुनाले । उठाउने प्रयास गर्छु स्पष्ट आवाज आउँदैन तर पनि कुरा गर्ने प्रयास गर्दछु, बुझिँदैन । […]