प्रभातफेरी गर्दै छैठौ विश्व खाद्य स्वच्छता सप्ताहको समापन

सदरलाइन संवाददाता २५ जेष्ठ २०८१, शुक्रबार १९:४२
 

नेपालगञ्ज : खाद्य स्वच्छतामा लगानी बढाऔ अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौ भन्ने मूल नाराका साथ छैठौ विश्व खाद्य स्वच्छता सप्ताह जुन १–७ शुक्रबार बाँकेमा विभिन्न कार्यक्रम समापन गरीएको छ ।

अन्तिम दिन खाद्य स्वच्छताको बारेमा सचेतनामूलक प्रभातफेरीको आयोजना गरी विश्व खाद्य स्वच्छता सप्ताहको समापन गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके नेपालगञ्जका निमित्त प्रमुख अमित भूषण सुमनले जानकारी दिए ।

उनले यसवर्ष खाद्य स्वच्छतामा आपतकालिन पूर्वतयारीका बारेमा विषेश चासोका साथ नागरिकको स्वच्छ खान पाउने अधिकारको संरक्षण गर्दै दुषित पानीका कारण, भण्डारणमा भएको कमजोरीको कारण, वितरण र ढुवानीमा हुने असावधानी लगायतका कारणले खाद्य अस्वच्छता हुने संभावना बढी भएकोले सचेतना अपनाउन आग्रह गरिएको बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले खाद्य स्वच्छताका लागि सबैको सहकार्यताबाट मात्र संभव हुने कुरामा जोड दिदै विपदको बेलामा खाद्य स्वच्छताको बारे विषेश चनाखो हुनु पर्ने धारणा राखे ।


जिल्ला प्रशासन कार्यालय नेपालगञ्जबाट सुरु भएको जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सदरलाईन, त्रिभुवनचोक, ईदगाहरोड, बिपिचोक, सुर्खेतरोड हुँदै स्वस्तिक कजेटमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सो अवसरमा उपभोक्ता हित संरक्षण समितिका प्रभात कुमार ठकुरी, बसन्त गौतम, दुध व्यबसायी संघका दिपक भण्डारी, घरेलु तथा साना उद्योग महासंघका मधु खड्का, नेपालगञ्ज उद्योग बाणिज्य संघका टंक धामी लगायतको सो प्रभातफेरीमा सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनतालाई सूचना प्रवाह गर्नु सार्वजनिक निकायको दायित्वः सञ्चारमन्त्री शर्मा

२५ जेष्ठ २०८१, शुक्रबार १९:४२
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको कार्यान्वयनबाट अरबौं राजस्व गुम्नबाट जोगिई राज्यलाई फाइदा पुगेको बताएकी छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री शर्माले नागरिकले सूचना मागे पनि नमागे पनि सार्वजनिक निकायले सूचना प्रवाह गर्नु पर्ने दायित्व भएको र ती सूचनाले […]

सम्बन्धित