चौधरी र महतराले मितको नाता गाँसे

सदरलाइन संवाददाता १४ पुष २०७८, बुधबार १९:४७
 


नेपालगञ्ज  :  बाँकेका नरेन्द्रकुमार चौधरी र कालिकोटका प्रेमबहादुर महतराबीच हिन्दू धार्मिक परम्परा अन्तरगत मितेरी सम्बन्ध गाँसिएको छ । बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष समेत रहेका चौधरी र कालीकोटका व्यवसायी महतराले विधिपुर्वक विशेष पुजाआजा गरि मित लगाएका हुन । नेपालगञ्ज बागेश्वरी मन्दिरमा उनीहरु दुबै जनाले बुधबार (आज) पुजापाठ गरि मित लगाएर आत्मिय साथी बनेका हुन ।

मितेरी साईनो गाँसेपछि शुभकालिका–८ कालिकोटका ५६ वर्षिय महतराले भने–‘म चौधरी जीलाई करिब १५ वर्षदेखि चिन्छु, धेरै पटक भेटघाट भएको छ, म एउटा राम्रो साथीको खोजीमा रहेको थिए । तर चौधरीबाट म प्रभावित भएर सम्वन्धको नाता जोडेको छु ।’


मितेरी सम्बन्धमा जोडिएका चौधरीले आफुलाई पहिलो पटक साथीको प्रस्ताव आएपछि सहज रुपमा स्वीकार गरेको प्रतिक्रिया दिए । मित जोडिएका दुबै जनाले साथीको नाता जीवन्त बनाउने प्रतिबद्धता गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एउटै कोठामा सुतेका भट्टराई परिवारका ४ को निसासिएर मृत्यु ३ को अवस्था गम्भीर

१४ पुष २०७८, बुधबार १९:४७
नेपालगञ्ज : नेपालगञ्जमा कोईलाको आगो तापेर एकै कोठामा सुतेका ७ जना मध्ये ४ जना मृत अवस्थामा र अन्य ३ जना गम्भीर अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ती शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालिकोट खांडचक्र–६ पिलि निवासी २३ वर्षिय धर्मप्रसाद […]

ताजा अपडेट