बर्दियाको भूरीगाउँमा पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम

सदरलाइन संवाददाता २५ कार्तिक २०८१, आईतवार १७:४२
 

बर्दिया : प्लान इंटरनेशनल नेपालको साझेदारीमा बाँके यूनेस्को क्लबद्वारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

बर्दियाको भुरीगाउँमा आयोजना गरिएको सो तालिममा जम्मा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो ।


तालिमको मुख्य उद्देश्य किशोरीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्त्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तनका परेका नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु थियो । प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्त्वका बारेमा पनि जानकारी दिएका थिए ।

सहभागी युवतीहरू यस तालिम प्रति निकै उत्साहित र उत्सुक देखिएका उनीहरूले आत्मनिर्भर र आर्थिक रूपमा सक्षम भई समाजमा सम्मानजनक जीवन जिउनका लागि हरित व्यापारमा संलग्न हुने इच्छा व्यक्त गरेका थिए साथै उनीहरूले समुदाय स्तरमा वातावरण संरक्षणमा योगदान पुर्याउन सचेतना फैलाउने समेत प्रतिबद्धता जहेर गरेका छन् ।

सो तालिममा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा मुख्य प्रशिक्षकको रूपमा उपस्थित रहेका थिए, भने कार्यक्रम अधिकृत राधे कृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहितले यसको सफल कार्यान्वयन र व्यवस्थापनमा उल्लेखनीय सहयोग पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक २०८१, आईतवार १७:४२
पोखरा :  सहकारी अपचलनमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछाने २ कात्तिकमा पार्टी कार्यालयबाट पक्राउ परेका […]