बाँकेमा एकवर्षमा भएका १५८ वटा सडक दुर्घटनामा परेर ६६ जनाको मृत्यु

सदरलाइन संवाददाता ३ श्रावण २०८१, बिहीबार १९:१०
 

नेपालगञ्ज :  बाँकेमा एक वर्षको अवधीमा सडक दुर्घटनामा परेर ६६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार एक वर्षको अवधीमा २ बालक सहित ५० पुरुष र १६ महिला गरी ६६ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाएका हुन ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले आर्थिक वर्ष २०८०–०८१ मा बाँकेमा भएका १५८ वटा सडक दुर्घटनामा परेर ६६ जनाले ज्यान गुमाएको बताए ।

उनले एक वर्षको अवधीमा बाँकेमा भएका १ सय ५८ वटा सडक दुर्घटनाको घटनामा परेर १ सय ५० पुरुष, ६ बालक, ९ बालिका र ४७ महिला गरी २ सय १२ जना ले ज्यान गुमाएको बताए ।

बाँकेमा सडक दुर्घटनामै परेर ६ चौपायको मृत्यु भएको छ भने २ घाइते भएका छन । उनले सडक दुर्घटना बढ्नुको कारण सडकको अवस्था, बढ्दो जनसंख्या र सवारी साधनको कारण भएको बताए ।


उनले भने–‘ बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्नको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेबाट विभिन्न खालका सचेतनाका कक्षा दैनिक रुपमा सरदर ७ वटा भनदा बढी सञ्चालन गर्नुको साथै चालक सहचालकको स्वास्थ्य परिक्षण, आकस्मिक सवारी जाँच गर्ने लगायतका गतिविधि गरिएको छ ।’

उनल एक वर्षको अवधीमा सवारी नियम उलंघन गर्नेलाई गरिएको ट्रफिक कारवाहीबाट २ करोड ६५ लाख ७६ हजार ५ सय राजश्व संकलन भएको बताए ।

यसैगरी सडक दुर्घटना न्युनिकरणका लागि २ हजार ४ सय ७८ वटा जनचेतनामुलक कक्षा सञ्चालन गरी १ लाख २९ हजार १ सय ४८ लाई ट्राफिक सचेतना कक्षा दिईएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढीलै भए पनि नेपालगञ्ज वडा नं २० को भेला सम्पन्न

३ श्रावण २०८१, बिहीबार १९:१०
नेपालगञ्ज  : नेपालगञ्ज उपमाहानगरपालिका वडा नम्वर २० ले वडाभेला सम्पन्न गरेको छ । उपमाहानगरपालिकाले गत असार ११ गते १५ औं नगरसभा गर्दा शुक्रवार आफ्नै कार्यालयमा परिसरमा भेलाको अयोजना गरिएको थियो । आर्थिक बर्ष २०८१/०८२को योजना तथा कार्यक्रम तर्जुमा सम्वन्धी वडा भेला एवं सार्वजनिक सुनवाई कार्यक्रममा गर्ने उद्धेस्यले भेलाको आयोजना गरिएको […]