रुक्सारको हत्या भएको माइती पक्षको आरोप

२३ बैशाख २०७६, सोमबार १७:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : दाइजो नल्याएको भन्दै बाँकेकी एक किशोरीको कैलालीमा हत्या गरिएको आफन्तले आरोप लगाएका छन् । किशोरीका आमा–बुवाले सोमवार पत्रकारहरुसँग कुरा गर्दै दाइजो नदिएको भन्दै आफ्नी २६ वर्षीया छोरीको हत्या भएको दावी गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरकी रुक्सार कुरैसीको भारत नारापाराका साहिबे आलम कुरैसीसँग नौ महिनाअघि विवाह भएको थियो । साहिबे आलम केही समयदेखि नेपालको कैलालीस्थित गोदावरी नगरपालिका वडा नं. १ बाँसबारी टोलमा डेरा गरी बस्दै आएका थिए । विवाहमा राम्रै दाइजो दिएपनि दाइजो नल्याएको भन्दै छोरीको परिवारले बारम्बार मानसिक तनाव दिएको बुवा इस्लाम अहमद कुरैसीले बताए । इस्लामका अनुसार घरपरिवारले तीन लाख रुपैयाँ र पल्सर मोटरसाइकल दिन भनिरहेका थिए ।
घटना भएको भोलिपल्टनै आफु कैलाली पुगेर छलफल गर्ने र जग्गा बेचेर मागेको दाइजो दिने आश्वासन दिएको उनले बताए । तर, केही घण्टापछि फेरि फोन गर्दा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी पाएपछि आफु छाँगाबाट खसे झैं भएको किशोरीका बुवा इस्लामले सुनाए । उनलेले छोरीलाई मारेर झुण्ड्याइएको दाबी गरे ।
इस्लामले घट्नाको एक घण्टा अघि छोरीसँग फोनमा कुरा गरेको र सो बेला घरपरिवारसँगै रहेकी रुक्सारले राम्ररी बोल्न नसकेको आफुले गरेको फोन रेकर्डमा रहेको जानकारी दिए । बिहीवार १०. बजेर ५१ मिनेटमा छोरीसँग भएको फोनमा बुवाले के गरिरहेको भनेर सोध्दा रुक्सारले खाना पकाइरहेको बताएकी थिइन् । बुवा इस्लामले अहिले घरपरिवारसँग केही नबोल्न र भोली आफू आएपछि कुरा गर्ने आश्वासन दिएका थिए ।
घट्नापछि दोषीमाथि कारवाहीका लागि इस्लामले जिल्ला प्रहरी कार्यालय कार्यालयमा कर्तब्य ज्यान मुद्दामा जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको बताए । तर प्रहरीले आत्महत्या गर्न प्रेरितमा जाहेरी लिएको जनाइएको छ । घट्ना बैशाख १९ गते दिउँसो भएको हो ।

Next Post

राज्यले सुविधा दिएको जेष्ठ नागरिकको स्वीकारोक्ति

२३ बैशाख २०७६, सोमबार १७:०९
सदरलाइनडटकम, कोहलपुर (बाँके) : आफ्ना छोराछोरीले वेवास्ता गरेपनि राज्यले आफुहरुलाई सुविधा दिएको कोहलपुरका जेष्ठ नागरिकहरुले बताएका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत अनुगमन तथा सुपरिवेक्षण समितिसँगको छलफलमा जेष्ठ नागरिकहरुले आफ्नै सन्तानबाट अपहेलना भोग्नु परेको बताए । कोहलपुर नगरपालिकाकी उपमेयर सन्जुकुमारी चौधरीको संयोजकत्वमा गठित समितिले सोमवार कोहलपुर १ का बृद्धबृद्धा तथा जेष्ठ […]