भेरी अस्पतालमा सर्जरी शिविर लगाइने

९ चैत्र २०७५, शनिबार १४:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : घुँडामा चोट लागेर तत्काल वा पछि सुन्निएको, दुख्ने, अड्किने, भर नहुने, आवाज आउने लगायत आन्तरिक मांशपेशी च्यातिएका बिरामीको लागि भेरी अस्पताल नेपालगञ्जमा विशेष प्रकृतिको शल्यक्रिया हुने भएको छ ।
चोटपटक लागेर मांशपेशी च्यातिएमा एक्स–रेमा नदेखिने भएकोले विशेष प्रकृतिको शल्यक्रिया (अर्थोस्कोपिक सर्जरी) गर्नुपर्ने चिकित्सकले जनाएका छन् । घुँडाको समस्या भएका बिरामीको घुँडामा सानो प्वाल बनाएर अप्रेशन गरिने भेरी अस्पतालका वरिष्ठ हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. तिर्थेन्द्र खड्काले जानकारी दिए । १० चैतदेखि १३ सम्म सञ्चालन हुने शिविरमा विशेष छुटको व्यवस्था भएको उनले बताए ।
एमआरआई गरिसकेर चोटको पहिचान भइसकेका बिरामीको शल्यक्रिया गरिने उनले बताए । शिविरमा भेरी अस्पतालका वरिष्ठ हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. प्रकाशबहादुर थापा, भेरी अस्पतालका वरिष्ठ हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्का र भेरी अस्पतालका हाड, जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राहुल मिश्रले शल्यक्रिया गर्ने भएका छन् । शिविरमा काठमाण्डौबाट समेत अर्थोपेडिक चिकित्सकले सेवा दिने डा. खड्काले जानकारी दिए ।

Next Post

डुडुवामा किटनाशकयुक्त झुल वितरण

९ चैत्र २०७५, शनिबार १४:०८
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं. २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं. २ बेतहनीअन्तर्गतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो । बेतहनी स्वास्थ्य चौकीमा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गर्दै […]