कांग्रेस नेता पूर्वमन्त्री जितेन्द्र देव एमालेमा प्रवेश

सदरलाइन संवाददाता १८ असार २०८१, सोमबार १६:३८
 

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जितेन्द्र देव नेकपा  एमालेमा  प्रवेश गरेका छन् । उनी एमालेका पुराना नेता हुन ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा देव लगायतका नेताहरू एमाले प्रवेश गरेका हुन । संविधान सभा सदस्य, पूर्वपर्यटन मन्त्री एवं राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका देवलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले एमालेमा स्वागत गरेका हुन ।


कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरूको सहभागिता रहेको थियो । उनीहरूले देव लगायत पार्टी प्रवेश गर्ने नेताहरूलाई खादा र टीका लगाएर स्वागत गरेका थिए ।

एमालेबाट राजनीति सुरु गरेका देव एमाले पोलिटब्युरो सदस्यसम्म भएका थिए । बिचमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै उनी नेपाली कांग्रेसमा पुगेका थिए । देवले आत्मालोचना गर्दै पुरानै पार्टीमा फर्किएको बताए ।

देवसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने

१८ असार २०८१, सोमबार १६:३८
नेपालगञ्ज  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् । नेपालगञ्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उनले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताए […]