परिणाम देखिने गरी अर्थपूर्ण कामगर्न मन्त्री चौधरीको निर्देशन

सदरलाइन संवाददाता २७ बैशाख २०८१, बिहीबार १७:५५
 

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन ।

अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै मन्त्री चौधरीले भनिन्, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्यो, । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिईन । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताईन ।


सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरी काम गर्नुपर्ने तर, सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताईन । त्यसका बाबजुद पनि बढी भन्दा बढी सेवाग्राही लाभ हुनेगरी काम गर्नुपर्ने उनको भनाई थियो ।

मन्त्रालयसँग सम्बन्धित विषयमा संसदमा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबिच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिईन । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्णरूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री उपलब्ध गराउने विषय महत्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए ।

मन्त्रालयले काम गर्ने क्षेत्र ठूलो भएको भन्दै उनले जिम्मेवारी अनुसार सबै क्षेत्रमा राम्रा काम गर्नेगरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागु औषध कारोबारी पक्राउ गर्न गोली प्रहार, २ जना पक्राउ

२७ बैशाख २०८१, बिहीबार १७:५५
कोहलपुर (बाँके) : लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चाएको छ । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारीलाई पक्राउ गर्न गोली चलाएको हो । लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र बाँके प्रहरीको संयुक्त टोली कोहलपुरको चप्परगौडी पुगे लगतै कारोबारीहरु भागेपछि गोली चलाउनु […]

ताजा अपडेट