सदरलाइनडटकम,
काठमाण्डौ : भारतको सुरत शहरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या शनिवार १९ पुगेको छ । मृतकमध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा परि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
‘लक्ष्यशिला कम्प्लेक्स’ स्थित कोचिङ सेन्टरमा रहेका विद्यार्थी सो आगलागीमा परेको बताइएको छ । शुक्रवार भएको यस आगलागीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।
आगालागीमा परी घाइते व्यक्तिको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या अझ बढ्नसक्ने सुरतका प्रहरी प्रमुख सतिश कुमार शर्मालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
(एजेन्सी)
