विवादमा मुछिएका बाँकेसहित विभिन्न ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

सदरलाइन संवाददाता २४ चैत्र २०८०, शनिबार १२:५६
 

 

सदरलाइन डेस्क : बाँके सहित विभिन्न ७ जिल्लाका विवादित बनेका प्रहरी प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयले सरूवा गरेको छ ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।


यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ । बाँकेका तत्कालिन प्रहरी प्रमुख एस्पी सुवाष चन्द्र बोहरा तस्करसंग बढी नजिक भई साँठगाँठ गरेको समाचार बाहिरिएपछि समाचार नलेख्न भन्दै पत्रकारलाई धम्काएर विवादमा आएका थिए ।

यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।

यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ सरुवा सूची ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैशाखको पहिलो सातामा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बस्ने

२४ चैत्र २०८०, शनिबार १२:५६
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेले बैशाखको पहिलो सातामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । पार्टीले आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । […]