गर्मीसँगै नेपालगञ्जमा तर्बुजाको व्यापार बढ्यो

यदुराज मिश्र २० चैत्र २०८०, मंगलवार १९:०१
 

नेपालगञ्ज  : गर्मी बढेसँगै केही दिनदेखि यता नेपालगञ्ज बजार क्षेत्रमा तर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीका कारण दैनिक तर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।

चैत महिना लागेसँगै तर्बुजाको व्यापार शुरु गरेका नेपालगञ्जका रहिम कबडियाका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको तर्बुजाको बिक्री हुने गरेको बताए । नेपालगञ्जस्थित रानीतलाउ तरकारी मण्डीमा तर्बुजाका व्यापारी अब्दुलले दैनिक तीन हजारभन्दा बढीको तर्बुजा बिक्री गरिरहेको बताए ।


सिमावर्ती भारतीय बजार रुपईडिहा र राप्तीनदीको बगरमा गरिएको खेतीबाट तर्बुजा खरिद गरेर ल्याई नेपालगञ्जमा बिक्री गर्ने गरेको उनले बताए । चैतदेखि जेठ महिनासम्म तर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ ।

प्रतिकिलो ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई नेपालगञ्जमा न्यूनतम ८० देखि एक सय रुपैयाँ किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले तर्बुजा खाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा बस ठोक्किदा १३ जना घाइते

२० चैत्र २०८०, मंगलवार १९:०१
दाङ : दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका–३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको […]