परियोजना संचालन भएका स्थानीयतहमा सरोकारवालाको अनुगमन

सदरलाइन संवाददाता १ पुष २०७७, बुधबार २०:०४
 


नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दियाको ठाकुरबाबा, राजापुर नगरपालिका र बाँकेको खजुरा गाउपालिकाको समन्वयमा सिकाइ परियोजना संचालन भएका सामुदायिक बिद्यालयमा सरोकारवालाहरुको अनुगमन निरिक्षण गरीएको छ ।

ठाकुरवावा नगरपालिकाको वडा नं ४ मा रहेको बबई शिशु मन्दिर आधारभुत विद्यालय, प्राथामिक खैलार प्राबि राजापुर नगरपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालय, पदम कुमारी माध्यामिक विद्यालय खजुरा गाउपालिकाको अम्बेमाता आधारभुत विद्यालय र आर्दश आधारभुत विद्यालय डि गाउका विद्यालय अनुगमन निरिक्षण सम्पन्न गरिएको हो ।

अनुगमनका क्रममा परियोजा संचालन हुनु पुर्वको अबस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत विद्यालय ब्यबस्थापन समिति तथा शिक्षकसंग अन्तरकृया गरिएको थियो ।

अनुगमनका क्रममा बालबालिकाहरुको सुरक्षित बसाइका लागि भौतिक पुर्वाधार, कक्षाकोठाको ब्यबस्थापन, लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहार भएको बालकेन्द्रित शैक्षिक वातावरण भएको नभएको, औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षाकोठामा शैक्षिक सामाग्रीको ब्यबस्था,कक्षाकोठामा सुचना प्रबिधिको प्रयोगको अबस्थाका बारेमा कक्षा कोठा अबलोकन एवम छलफल गरिएको थियो ।

अनुगमनका सहभागीलाई प्राधानाध्यापकले परियोजना संचालन पछि देखिएका परिर्वतनहरुका बारेमा जानकारी गराउनुको साथै आजका बालबालिका भोलीका देशका कर्णधार भएको र बिकाशको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले परियोजनालाई उपलब्धी मलक बनाउनु पर्नेमा जोड दिईएको छ ।

प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बर्दिया र बाँके जिल्लाका बिभिन्न स्थानीय तहमा संचालन गरिएको सिकाइ परियोजनालाई उपलब्धी मुलक बनाउनका लागि पालिका संगको समन्वय र सहकार्य गरि सस्थाले काम गरिरहेको र परियोजना संचालन भएका विद्यालयमा लैगिंक मैत्री बातावरणमा कक्षा शिक्षण भएको, बालबालिकाको भर्ना दर, उनीहरुको नियमित उपस्थिती, विद्यालय छाड्ने दर र सिकाइमा समेत प्रभाव परी तुलानात्मक रुपमा बालबालिकाले गुणस्तरिय शिक्षा पाएको सस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।


उनले भने–‘प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाकेले संचालन गरका बिभिन्न कृयाकलापहरु पालिकासंगको समन्वयमा भएको र यसले शिक्षकहरुको क्षमता बिकास तथा बालबालिका मैत्री शिक्षण सिकाइ कृयाकलाप संचालन गर्नमा पालिकालाई सहयोगी भुमिका निर्वाह गर्दै स्याक नेपाल तथा ठाकुरवावा नगरपालिका सस्थासंग हातेमालो गरि अगाडि बढीरहेको हो ।’

खजुरामा परियोजनाको कारण बालबालिकाको सिकाई सिप बढेको र उनीहरुमा पढ्नुपर्छ भन्ने भावनाको विकास भएको खजुरा शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । उनले परिेयोजनाको निरन्तरतासंगै यसको प्रभावको मुल्यउाङ्कन गर्दा विद्यार्थीको नतिजामा समेत परिवर्तन देखिएको दाबी गरे ।

अनुगमनमा बाँकेको खजुरा गाउपालीका उपप्रमुख एकमाया बिक प्रमुख प्रशासकिय अधिकृत मणिराम खनाल, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, सुपरभाइजर रज्जब अलीवागवान र बर्दिया जिल्लाको ठाकुरवावा नगरपालीकाका प्रमुख प्रसाशकिय अधिकृत रामहरी रिजाल, शाखा अधिकृत सिता भण्डारी, वडा नं ४ का वडा अध्यक्ष स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्मा, सुपरभाइजर राजकुमारी चौधरी राजापुर नगरपालिका सामाजिक बिकास समिति संयोजक महेश चौधरी, शिक्षा शाखा प्रमुख दल ब. चौधरी प्रास चन्द्रा बहादुर ठाडामगर र सस्थाका सुपरभाइजर रेणु चन्द, दशलाल चौधरीको सहभागीता रहेको थियो ।

 

Next Post

दिल्लीको सीमामा सिख प्रचारकद्वारा ‘आत्महत्या’

१ पुष २०७७, बुधबार २०:०४
नेपालगञ्ज : भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधवार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हाने । उनको मृत्यु भयो । उनी हरियाणाको करनाल जिल्लाका बासिन्दा हुन् सिंघडा । समाचार संस्था पीटीआईका अनुसार उनको हातबाट पञ्जाबीमा लेखिएको पत्र भेटिएको छ । त्यसमा लेखिएको छ, ‘किसानको पीडा सहन […]

सम्बन्धित