कौशिल्या अस्पतालमा चौबिसैं घण्टा फिजिशीयन सेवा

सदरलाइन संवाददाता २३ पुष २०७८, शुक्रबार १३:१७
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कौशिल्या अस्पतालले कोहलपुरमा पहिलो पटक चौबिसैं घण्टा फिजिशीयन सेवा शुरु गरेको छ । यसअघि अस्पतालले चौबिसैं घण्टा इमरजेन्सी सेवा दिँदै आएको थियो ।

अस्पतालका प्रबन्ध निर्देशक रामप्रसाद न्यौपानेका अनुसार विरामीको सहज उपचार सेवाका लागि अस्पतालले चौबिसैं घण्टा फिजिसियन सेवा शुरु गरेको हो ।

विशेषज्ञ चिकित्सकबाटै सेवा प्रवाह गरिने भएकाले विरामीहरुले अव जुनसुकै समयमा पनि सेवा लिन पाउने भएका छन् । ‘मानिस कतिबेला विरामी पर्छ थाहा नै हुँदैन उनले भने–‘दिउँसो विरामी पर्दा उसले उपचार सेवा त पाउला तर राती विरामी परे के गर्ने ? त्यसैले विशेषज्ञ चिकित्सबाटै सेवा दिने गरी चौबिसैं घण्टा फिजिसियन सेवा शुरु गरेका हौं ।’

उनले डाक्टर भेटिनौं भन्ने गुनासो विरामीले गर्नै नपाउने गरी सेवा प्रवाह गरिने जानकारी दिए । स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको कोहलपुरमा कौसिल्या अस्पतालले आफ्नो सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउँदै लगेको छ ।


सबै ल्याव परीक्षण सेवा रहेको कौशिल्या अस्पतालले जनरल फिजिसियन, जनरल सर्जरी, नाक, कान, घाँटी, अर्थोपेडिक, न्यूरो, बालरोग विशेषज्ञलगायतका सेवा दिँदै आएको छ ।

बर्दियाको बासगढीबाट समेत सेवा प्रवाह गर्दै कौशिल्या अस्पतालले छिट्टै आँखा उपचार सेवासमेत शुरु गर्ने तयारी गरेको निर्देशक न्यौपानेले बताए । थाइराइड उपचारसँगै सुरक्षित गर्भपत सेवा समेत अस्पतालबाट प्रवाह भइरहेको उनको भनाइ छ ।

सुरक्षित गर्भपतनका लागि नेपाल सरकारबाट मान्यता प्राप्त कौशिल्या अस्पतालले दक्ष जनशक्तिबाट सेवा दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको जिल्ला अधिवेशन नेपालगञ्जमा शुरु

२३ पुष २०७८, शुक्रबार १३:१७
नेपालगञ्ज : नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको छ । ७७ वटै जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए । पार्टी कार्यालयमा हुने उदघाटन समारोहलाई पार्टीका पोलिट ब्यूरो सदस्य खेममान खड्कालाई प्रमुख अथितिकोरुपमा निम्त्याइएको छ । […]