थप सुधार गर्दै सुशासनमा कोहलपुरको अंक थपियो

सदरलाइन संवाददाता ११ माघ २०८०, बिहीबार १४:१५
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैंले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो ।

कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा कोहलपुर नगरपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा ८७.७५ प्रतिशत अंक ल्याउन सफल भएको सूचना तथा प्रविधि शाखा प्रमुख सागर चौधरीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाले गत आर्थिक वर्ष ०७८÷०७९ मा ७९ प्रतिशत अंक हासिल गरेको थियो भने ०७७÷०७८ मा केवल ४७.७६ प्रतिशत अंक मात्रै हासिल गरेको थियो ।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ ।

समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । उनका अनुसार वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तिय तथा आर्थिक व्यवस्थापनमा कोहलपुर नगरपालिकाले ११ मा ११ अंक नै हासिल गरेको छ ।


जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए । ‘संस्थागत सुधार ल्याउनु भनेको विधि र पद्धतिलाई कार्यान्वयन गर्नु हो । अझ अर्को हिसावले भन्ने हो भने जनप्रतिनिधिलाई पनि कानुनको दायरामा थप कसिलो बनाउँदै जानु हो । सुशासन, पारदर्शिता र जवाफदेहितामा हामी जनप्रतिनिधि पनि निर्मम बनेर कसिएकाले यो परिणाम आएको हो’–नगर प्रमुख आचार्यले भने ।

आर्थिक पारदर्शिता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएको छ । इन्धनमा हुने कुपन प्रणाली खारेज गरिएको छ । काटेशेनलाई निरुत्साहित गरिएको छ । ‘निर्वाचित भएर आएदेखि नै यसलाई संस्थागत बनाएका छौं । तेलमा हुने कुपन प्रणाली खारेज गरिएको छ । हाम्रा हरेक निर्णयहरु सार्वजनिक गर्ने गरिएको छ ।

नगरपालिकाको आफ्नै फेसबुक पेज छ । त्यसमार्फत् कार्यपालिकाका बैठकका निर्णय होस् वा सूचना, सबै सार्वजनिक गर्ने गरेका छौं । हामी निर्वाचित भएर आएपछि कोटेशन खारेज गरेका छौं । कोटेशन शुन्य हुने कोहलपुर नगरपालिका देशभरकै पहिलो स्थानीय तह नै होला भन्ने मलाई लागेको छ ।

कोटेशनबाट कार्यक्रम होस् वा ठेक्कापट्टा दिँदा त्यसले आर्थिक पारदर्शिता देखिएन । आफू अनुकूलका र नजिकका मान्छेहरु मात्र समेटिने र कार्यक्रमको प्रभावकारीता पनि नहुने भएकाले कोटेशन प्रणाली खारेज गरेर टेण्डर प्रक्रिया अवलम्वन गरिएको छ’–संस्थागत सुधारका अध्यास सुनाउँदै उनी भन्छन् ।

नगर उपप्रमुख संगिता सुवेदीले पालिका सुशासन, पारदर्शी र जवाफदेहि ढंगबाट चलेको सन्देश लिजामा देखिएको अंकले दिएको बताइन् । उनले जनताको आवश्यकता र प्राथमिकतालाई बुझेर लैजाने पालिकाको सेवा प्रवाहलाई अझै सरलीकृत बनाएर लैजाने प्रतिबद्धता समेत जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु

११ माघ २०८०, बिहीबार १४:१५
नेपालगञ्ज : लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदमा अधिकार प्रत्यायोजित हुन नसक्दा प्रदेश, जिल्ला र स्थानीयतहमा खेल गतिविधि हुन नसकेको गुनासो गर्दै संघियताको मर्म अनुरुप राष्ट्रिय खेलकुद परिषदले अधिकार प्रत्यायोजित गर्नुपर्ने जिकिर गरेका छन । उनले बिहीबार प्रथम नेपालगञ्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्दै […]

सम्बन्धित