टिप्परको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ८ फाल्गुन २०७७, शनिबार ०९:३१
 

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका ५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परले शुक्रवार बेलुका ठक्कर दिँदा भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु भएको हो ।


मोटरसाइकललाई ठक्कर दिएलगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिए ।

Next Post

बाँकेमा हात्तिपाईले बिरुद्धको औषधि खुवाउने अभियान तीब्र पारिदै

८ फाल्गुन २०७७, शनिबार ०९:३१
नेपालगञ्ज  :  बाँकेमा हात्तिपाईले रोगबिरुद्धको औषधि खुवाउने अभियानलाई तीब्र पारिने भएको छ । राष्ट्रिय हात्तिपाइले (फाईलेरिया) रोग निवारण अभियान–२०७७ जिल्लास्तरिय समन्वय समिति बाँकेको बैठकले बिषेश अभियान सञ्चालन गर्नेगरी तयारी अघि बढाएको हो । जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीबास्तबले शतप्रतिशत औषधि खुवाउने पालिकालाई जिल्ला समन्वयको तर्फबाट विषेश पुरस्कारको व्यवस्था गरिने […]