ताजिया स्थानीय करबलामा विसर्जन गरी मोहर्रम सम्पन्न

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १९:११
 


नेपालगञ्ज : मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन शुक्रबार स्थानीय करवलामा ताजिया विसर्जन गरी सम्पन्न भएको छ । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ ।

बिगतका सामान्य वर्षहरुमा विभिन्न कार्यक्रमका साथ मनाईने मोहर्रम ईस्लामिक पात्रो अनुसार पहिलो महिना हो । मोहर्रमको १ तारिकदेखि १० तारिकसम्म ठेला मिलान, ढोल मिलान, झण्डा मिलान, मेहन्दी मिलान, आगो र जञ्जीरको मातम जस्ता कार्यक्रमको आयोजना गरी मनाईने प्रचलन रहे पनि यो वर्ष कोरोना संक्रमणको कारण धेरै कार्यक्रम नगरी ताजिया राखेर मनाईएको हो ।

ईराकको धार्मिक युद्धमा हत्या गरिएका धार्मिक शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया बिहीबार साँझ घरमा स्थापना गरी शुक्रवार साँझ ३ बजेपछि नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन हुने मौलाना जियाउल मुस्तफा नुरानी बताउछन ।


बिगतका वर्षमा ईस्लाम धर्मावलम्वीहरुले धार्मीक शहिदहरुको सम्झनामा नेपालगञ्ज नगरका बिभिन्न भागमा ताजिया झकिझकाउका साथ सजाइने भएपनि कोरोना संक्रमणको त्रासका कारण झकि झकाउ नभए पनि मानिसको भिड भने देख्न सकिन्थ्यो ।

समुदायले आफ्नो घरमा राखिएका ताजियाहरुलाई बाजागाजाका साथ शुक्रबार दिउँसो ‘या हुसेन’, ‘या हसन’, भन्दै ढोल र नगडाका तालमा नगरको परिक्रमा गराइ ¥यालीमा ईस्लाम धर्मालम्बीहरुले दुःख प्रकट गर्दै शरीर भरी बिलेड र धारिलो वस्तुले प्रहार गर्ने गरिन्छ । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा समापन गरिने करबला संरक्षण समितिका अध्यक्ष फिरोज आरफीले जानकारी दिए ।

उनले स्थानीय प्रशासनले सामाजिक दूरी कायम गरी ताजिया र मोहर्रम मनाउन दिएको स्वीकृती दिएको अनुसार मनाईएको बताए । गत वर्ष लकडाउनको कारण मनाउन नपाएको समुदायले यो वर्ष केही मात्रमा भएपनि मोहर्रम मनाउन पाएकोमा खुशी व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्मेकसहित रुपइडिहामा तीन जना पक्राउ

४ भाद्र २०७८, शुक्रबार १९:११
नेपालगञ्ज : भारतीय सुरक्षा बल एसएसवीले लागुऔषध विरुद्धको अभियानलाई सशक्त पारेको छ । सीमाक्षेत्रमा लागु औषधको कारोवार बढेपछि त्यसलाई निष्तेज पार्न एसएसवीले कडाइ गरेको हो । एसएसवी असिस्टेन्ट कमाण्डर सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको टोलीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध स्मेकसहित तीन जनालाई पक्राउ गरेको छ । […]