सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले सरकारी, निजी, गैरसरकारी जुनसुकै संस्थामा काम गर्ने कामदारको स्थायी लेखा नम्बर ‘प्यान’ अनिवार्य गरेको छ । साउन १ गतेदेखि नै प्यान नभएका कर्मचारीलाई तलब नदिन सरकारले नियम ल्याइसकेको छ । सरकारले सबै कामदारको तलब बैंक खातामार्फत दिन भनेको छ ।
आर्थिक विधेयकअनुसार बैंकमा अब प्यान नभई तलबनै हाल्न पाइनेछैन । त्यसैले प्यान नम्बर अनिवार्य भईसकेको छ । कामदारले प्यान नम्बर नलिएमा कामदार मात्र नभई कम्पनीहरुलाई गाह्रो हुनेछ । लेखा परीक्षण गर्दा कामदारको तलबलाई खर्चको रुपमा गणना गरिन्छ ।
यदि कुनै कम्पनीले प्यान नम्बर नभएको कर्मचारीलाई तलब दिएमा उनीहरुले कामदारको तलबलाई खर्चको रुपमा देखाउन पाउने छैनन् । केन्द्रीय तथ्यांक विभागको तथ्यांंकअनुसार ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेका छन् भने जम्मा ९ लाख जनाले मात्रै प्यान लिएको अनुमान छ ।
