मलमपट्टीमा ६८ जनाले लिए निःशुल्क सेवा

सदरलाइन संवाददाता १३ फाल्गुन २०८०, आईतवार १४:२८
 

नेपालगञ्ज : नेपालगञ्जस्थित मलमपट्टी क्लिनिकले आयोजना गरेको निः शुल्क शिविरमा ६८ जनाले सेवा लिएका छन् ।

खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरी आयोजना गरिएको शिविरमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका जिल्लाका विरामीले सेवा लिएको क्लिनिकका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिए ।

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको अवस्थामा उक्त समस्याको पहिचान, उपचार र निदानमा टेवा पुगोस् भन्ने उद्देश्यले हाडजोर्नी रोग विशेषज्ञ डा.प्रकाश थापाद्वारा सेवा प्रदान गरिएको पनि उनले जानकारी दिए ।


मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, वाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले सेवा लिएका थिए ।

शिविरमा डा.थापाले बिरामीको स्वास्थ्य चेकजाँच गर्नुका साथै बिरामीका आफन्तहरुलाई परामर्श सेवा समेत प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दूध उत्पादक किसान संगठनहरुको आइतवारबाट आन्दोलन शुरु

१३ फाल्गुन २०८०, आईतवार १४:२८
बर्दिया : बर्दियाका २० भन्दा बढी दूध उत्पादक किसान संगठनहरुले आन्दोलन गर्ने बताएका छन् । सरकार दुग्ध उत्पादक किसानहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै बर्दियाका दुग्ध व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका हुन् । दुग्ध किसानको समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको दुग्ध उत्पादक सहकारी संघ […]