करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १६:३१
 

बुटवल : बुटवल उपमहानगरको नयाँ भवन बन्दै गरेको स्थानमा विद्युतको करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बन्दै गरेको भवनमा विद्युत पोल सार्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी बसन्त भुसालको मृत्यु भएको हो ।

सोही क्रममा भवन निर्माणको दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।


करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अर्घाखाँची घर भई हाल बुटवल ३ डेरा गरि बस्ने ४३ वर्षिय भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

अन्य २ जना घाइतेको अवस्था भने समान्य रहेको केसीले बताए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ चल्दै

१२ मंसिर २०७८, आईतवार १६:३१
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका वार्ड नं. ४ सिधनियामा श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । स्थानीय शिवशंकर मिश्रको परिवारद्धारा आयोजित ज्ञान महायज्ञमा संगितमय कथा बाचन समेत भईरहेको छ । महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराज जीको मुखारविन्दबाट कथा श्रवण भइरहेको छ । गत मसिंर […]

सम्बन्धित