सोमवार माँ चन्द्रघण्टा देवीको पूजा गरिँदै

सदरलाइन संवाददाता ३ कार्तिक २०७७, सोमबार ०९:१५
 

नेपालगञ्ज : हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैको सोमवार तेस्रो दिन माँ चन्द्रघण्टा देवीको पूजा गरिँदैछ ।

देशभरका नवदुर्गाका मन्दिर र शक्तिपीठमा सोमवार पनि विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठमाण्डौका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरमा विगतका वर्षमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको थियो ।


काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, नेपालगञ्जको बागेश्वरी मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गरेको भएपनि यसपाली सुनसान छ ।

नवरात्रीको नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Next Post

चाडपर्वका अवसरमा प्रहरीद्वारा सरसफाई अभियान

३ कार्तिक २०७७, सोमबार ०९:१५
नेपालगञ्ज : नजिकिँदै गरेको नेपालीको चाडपर्वहरुका अवसरमा बाँके प्रहरीले नेपालगञ्जमा सरसफाई अभियान थालेको छ । दशैं, तिहार तथा छठ पर्वका अवसरमा प्रहरीले नेपालगञ्जस्थित धार्मिकस्थल मठमन्दिरलगायतको सरसफाई अभियान थालेको हो । अभियानअन्तर्गत प्रहरीले सोमवार नेपालगञ्ज २ स्थित हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाई गरेको जनाएको छ । जिल्ला प्रहरी […]