अतिक्रमित सडक संरचना हटाउनेबारे ज्ञापन पत्र

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १७:०९
 

नेपालगञ्ज : जमुनाहादेखि नेपालगञ्ज हुँदै कोहलपुरसम्मको अतिक्रमित सडक संरचना हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलवार सरोकारवाला निकायले ज्ञापन पत्र बुझाएका छन् ।

यसअघि बसेको सर्वदलीय बैठकले कारकाँदो चोकदेखि गणेशमान चोकसम्मलाई बिल्डप एरियामा २१ मिटर र अरु बाँकी सबैमा २५ मिटर कायम गर्ने निर्णय गरेको थियो ।


एउटै यरियामा पनि दुईवटा मापदण्ड राखिएको प्रति सरोकारवाला निकाय असन्तुष्ट भएर मंगलवार ज्ञापन पत्र बुझाएको सहभागी रमेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको उपस्थिती रहेको थियो ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले केहि समयका लागि पर सार्ने मौखिक आश्वासन दिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीमा घरेलु हिंसाका ५ सय २६ उजुरी

१५ चैत्र २०७८, मंगलवार १७:०९
नेपालगञ्ज : बाँके प्रहरीमा चालु आर्थिक वर्षमा घरेलु हिंसाका ५ सय २६ उजुरी परेका छन् । तीमध्ये ६४ मुद्दामात्रै अदालतसम्म पुगेका छन् । २ सय ६२ हिंसाका घटनामा मिलापत्र भएको बाँके प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्र केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षत्रीले बताइन् । पीडित […]