बाँकेका १६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी

सदरलाइन संवाददाता १८ पुष २०८०, बुधबार १७:४६
 

नेपालगञ्ज : कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताए ।

उनले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताए ।

प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायिक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले बताए ।


ती अनाथ बालबालिकाको शिक्षामा निरन्तरता र अन्य आवश्यक आधारभूत आवश्यकताहरू पुरा गराउन उनिहरुलाई मासिक ६ हजार रुपैयाँका दरले सहयोग गर्दै आएको बाँके युनेस्को क्लबले जनाएको छ ।

सो रकमबाट ती बालबालिकाले विद्यालयको पढाई शुल्क तिर्नुका साथै अन्य शैक्षिक सामाग्री खरिद लगायत अन्य आवश्यकताहरु पुरा गर्दै आएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बताए ।

उनले सो परियोजना अन्तर्गत सहयोग पाउने बालबालिकाको पढाइमा भएको सुधार, समस्या र चुनौतीको मूल्याङ्कन गरेर प्रगति प्रतिवेदनका बारेमा जानकारी लिई सुधारका लागि सुझाव दिन विद्यालयका शिक्षक, सामाजिक परिचालक र बालबालिकाका आफन्तसंग बारम्बार भेटघाट र छलफल गर्ने कार्य भइरहेको बताए ।

यो सहयोगले अनाथ बालबालिकाको पढाईमा ठुलो मद्दत मिलिरहेको ती बालबालिकाका आफन्तले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चेक बाउन्स मुद्दा बढे

१८ पुष २०८०, बुधबार १७:४६
नेपालगञ्ज : बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्स लगायत रकम ठगीका उजुरीहरु परिरहेका छन् । आर्थिक अपराधसंग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ । बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलाले कोहलपुर —१० रामनगर बस्ने वर्ष […]