नेपालगञ्जमा लघुवित्त पीडितको प्रदर्शन

सदरलाइन संवाददाता ६ पुष २०८०, शुक्रबार १७:४३
 

नेपालगञ्ज : लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा नेपालगञ्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । नेपालगञ्जको कारकादौंबाट बैङ्क तथा वित्तिय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजी सहितको विरोध प्रदर्शन भएको हो ।

लघु वित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शनमा अधिकांश महिलाहरुको सहभागिता थियो । सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीका अनुसार लघुवित्त तथा वित्तिय संस्थाहरु नव सामन्तीको रुपमा स्थापित भएकाले त्यसलाई खारेज गर्नुपर्ने हुन्छ ।


सामुहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, कालो सूची तथा धितो लिलामा फुकुवा गर्नुपर्ने, लगायतका माग सहित प्रदर्शन गरिएको हो ।

लघुवित्त तथा वित्तिय शोषणको विरुद्ध स्थापित समितिको आयोजनामा विरोध प्रदर्शन, कोणसभा, धर्ना तथा राष्ट्र बैङ्कको नेपालगञ्जस्थित कार्यालय घेराउ कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एलिना चौहानले तताए नेपालगञ्ज महोत्सब

६ पुष २०८०, शुक्रबार १७:४३
नेपालगञ्ज : चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगञ्ज महोत्सव गुञ्जयमान भएको थियो । यस्तै गायीका चौहानले, यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगञ्ज महोत्सवको महोल तातेको […]