सदरलाइनडटकम,
डोटी : प्रदेश ७ को राजधानीको माग गर्दै डोटीमा शुक्रवारदेखि अनिश्चितकालीन बन्द आव्हान गरिएको छ । साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा राजधानी बनाउन माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन डोटी बन्दको आव्हान गरेको हो ।
प्रदेश ७ को प्रदेशसभामा प्रदेशको केन्द्र र नामको प्रस्ताव पेश भएपछि डोटीमा आन्दोलन शुरु भएको हो । बुधवारदेखि घरघरमा कालो झण्डा गाडेर आन्दोन शुरु गरेको संघर्ष समितिले शुक्रवारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।
प्रदेशसभामा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम प्रदेश’ र केन्द्र कैलालीको गोदावरी नगरपालिका ४ मा रहने एक मात्र प्रस्ताव संसदमा पेश गरेको छ । बन्दका कारण शिक्षक सेवा आयोगका परीक्षार्थी समस्यामा परेका छन् । देशभर सञ्चालन भईरहेको शिक्षक सेवा आयोगको परीक्षाअन्तर्गत अछाम र बाजुराका परीक्षार्थीको डोटीमा भइरहेको छ ।
