पेन्सिल तिखार्न नसक्दा शिक्षकबाटै निर्घात कुटपिटमा परिन बालिका

९ पुष २०७४, आईतवार १९:२८
 

सदरलाइनडटकम  
९ पुस, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका–१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्ययनरत नौ वर्षिया बालिका विद्यालय मै शिक्षकको कुटाईमा परेकी छन् ।
स्थानीय सविना बेहेनालाई पेस्सीलको टुप्पो तिखार्न नसेको भन्दै शिक्षक कृष्ण मुरारी सिंहले निर्घात कुटपीट गरेको आरोप छ । कक्षा कोठमा आक्रोशित मिजसमा आएका शिक्षक सिंहले बालिकालाई पेन्सीलको टुप्पो तिखार्न लगाउदा दुइतीन पटकसम्म प्रयास गर्दा नसके पछि अबोध बालिकालाई गालामा चड्कन हान्नुका साथै विद्यालयको भित्तामा टाउको ठोक्याएको आरोप छ ।
पीडित बालिका सविनाले भनिन–‘‘कक्षामा पढाउनको लागि सर आउनुभएको थियो, मलाई कापीमा लेख्न भन्नुभयो । म पेन्सील तिखार्दै थिए, धेरैपटक भाँचियो, सरले यति नसक्ने भन्दै मलाई चार–पाँच पटक हातले गालमा हान्नुभयो, म रोए तर, सरले रोएको भन्दै झन् रिसाएर मेरो घाँटीमा समात्नुभयो, र भित्तामा ठोक्काउनुभयो ।’
शिक्षक सिंहको पीटाइबाट बालिकाको गाला सुनिएको छ भने टाउकोमा चोट देखिएको छ । छोरीले पीटाई खाएपछि रुदैं घरमा सिकायत गर्न आएको उनका बुवा मुनिर बेहेनाले बताए । ‘पढ्न पठाएकि छोरी विद्यालयबाट नै रुदैं घर फर्किइन्,’ टेलिफोनमा मुनिर बेहनाले भने, ‘निकै बेरसम्म रोएपछि सम्झाउँदा मात्रै उनले विद्यालयमा भएको घटना बारे बताइन्, शिक्षा दिने ठाउँमा यसरी हाम्रा बालबालिका कुटिन थालेपछि अब कसरी विद्यालयमा पठाउने हो ।’
‘म सिकायत गर्त विद्यालय पुगेको थिए, तर मेरी छोरीलाई कुट्ने शिक्षक त्यहाँ थिएनन, हेडमास्टरले अगाडि नै पठाईसक्नु भएको रहेछ,’ उनले भने ।
पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी विश्रामका लागि घरमा राखिएको छ ।
पीडितका बुवा मनिरले उक्त विद्यालयमा सँधै बाललिकालाई कुटपीट गर्नुका साथै हप्काएर नै पढाइने गरेकाले शिक्षकलाई आवश्यक कारबाही गराउन माग गरेका छन् । घटनाको विषयमा बुझन् विद्यालयका प्रधान्याध्यापक हृदेश नारायण यादवलाई सम्पर्क गर्दा उनले घटना भएको तर त्यसको विषयमा बोल्न नचाहेको भन्दै फोन स्वीचअफ गरेका छन् । यता जिल्ला शिक्षा कार्यालय र नगरपालिका क्षेत्रमा शिक्षाको प्रमुख जिम्मेवारी पाएका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख थापाले घटनाको विषयमा कुनैपनि जानकारी नआएको बताएका छन् ।

Next Post

नेपालगन्जमै होटल व्यवस्थापनका कक्षा सञ्चालनमा

९ पुष २०७४, आईतवार १९:२८
सदरलाइनडटकम  १० पुस, नेपालगन्ज : बाँकेमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसंगै ती होटललाई लक्षीत गरी होटल म्यानेजमेन्ट तथा हस्पिटालिटिका कक्षाहरु सञ्चालनमा ल्याईएका छन् । युनिभर्सल एकेडमी अफ हस्पिटालिटी म्यानेजमेन्ट नेपालगन्जले सिटईभिटी तथा अन्य निकायसंगको सम्बन्धनमा नेपालगन्जमा १८ महिने होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ । युनिभर्सल एकेडमी अफ […]