बंगलादेशी ‘रनर’ मोटरसाईकल नेपालगन्जमा

२९ माघ २०७४, सोमबार १६:४४
 

सदरलाइनडटकम  
२९ माघ, नेपालगन्ज : नेपालगन्जमा बंगलादेशी उत्पादन ‘रनर’ मोटरसाइकल विक्रि बितरण सुरु भएको छ । आधिकारिक विक्रेता रमन मोटर्सको डिलर पार्टनरका रुपमा लक्ष्मी ट्रेड लिंकले डेढ महिना अघि मात्र नेपालगन्जको सुर्खेतरोडमा बिक्रि कक्ष खोलेर कारोवार सुरु गरेको हो ।
लक्ष्मी ट्रेड लिंक नेपालगन्जका अनुसार रनर मोटरसाईकल अहिलेसम्म ८ वटा बिक्रि भइसकेको छ । गता माघ ११ देखि २२ गतेसम्म नेपालगन्जमा सञ्चालनमा रहेको प्रादेशिक महोत्सवको उद्दाटनको दिनमा एउटा र अन्तिम दिनमा एउटा गरी २ वटा विक्रि भइसकेको सञ्चालक कुमार अधिकारीले बताए ।
‘ नेपालगन्जको बजारमा रनर मोटरबाइकको माग बढि रहेकाले काठमाण्डौबाट थप १० वटा बाइक आइपुगेको छ, नेपालमा यो नयाँ किसिमको बाइक भएकाले यसको माग बढेको छ’– संचालक अधिकारीले भने ।
उनले ८० सिसिदेखि १५० सिसिसम्मका विभिन्न मोडेलका मोटरसाइकलहरु सोरुममा रहेको जानकारी दिदै भने–‘ क्लोज विनाको गेयरसहितको स्कुटर पनि कम्पनीले बजारमा ल्याएको छ ।’ उनले नेपाल मै पहिलोपटक कसैले नदिएको ६ वर्षको वारेन्टी आफूहरुले दिएको जानकारी दिँदै यसले नै मोटरसाइकलको गुणस्तर पुष्टि गर्ने बताए ।

Next Post

नेपाल उद्योग संघको अध्यक्षमा बाँकेका ओमप्रताप राणा

२९ माघ २०७४, सोमबार १६:४४
सदरलाइनडटकम  २९ माघ, नेपालगन्ज : नेपाल उद्योग संघको काठमाडौमा सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनले बाँकेका उद्योगी व्यावसायी ओमप्रताप राणाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सोही महाधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा तिलचन्द्र भट्टराई, उपाध्यक्षमा कल्पना लिम्वु, राजकुमार पाण्डे, चिन्तामणी बास्तोला, मितेशनन्दन मिश्रा रहेका छन् । यसैगरी महासचिवमा इश्वरबहादुर गुरुङ, उपमहासचिवमा […]