भूकम्पका घाइतेमा शरीर दुख्ने समस्या

सदरलाइन संवाददाता २९ कार्तिक २०८०, बुधबार १५:५७
 

नेपालगञ्ज : जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई सामान्य उपचार गराएर बसेका बिरामीहरुमा पुनः स्वास्थ्य देखिन थालेको छ ।

भूकम्पमा परी सामान्य उपचार मात्र गराएर घर बसेका बिरामीहरुमा अहिले शरीर दुख्ने, शरीर सुन्निनेलगायतका स्वास्थ्य समस्या देखिएको हो ।

पछिल्ला दिनहरुमा सामान्य उपचार मात्र गराएर घर बसेका तर अहिले आएर शरीरमा अनेकन समस्या देखिन थालेपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएका बिरामीको स्वास्थ्य जाँच गर्दा बिरामीहरुमा स्वास्थ्य समस्या देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।


“भूकम्प गएका जिल्लामा तत्कालीन समयमा घाइते बिरामीलाई तुरुन्तै स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भएको हुनाले स्थानीय स्वास्थ्य संस्था, विभिन्न संघ संस्था तथा विभिन्न राजनैतिक दलका भातृ संगठनका स्वास्थ्यकर्मीले चेकजाँच गर्नुभयो । सबै जाँच गर्ने प्रविधि पनि भएन होला, स्वास्थ्यकर्मीले सीमित स्रोत र साधानका आधारमा औषधि गर्नुभयो” श्रेष्ठले भने, “अहिले ती बिरामीहरुको शरीर सुन्निने तथा दुखाइ हुनेजस्ता समस्या देखिन थालेका छन् । उहाँहरुको हड्डी तथा स्पाइन भाँचिएको पाइएको छ ।”

फोकल पर्सन श्रेष्ठका अनुसार जाजरकोट र रुकुमपश्चिम जिल्लाका त्यस्ता किसिमका घाइतेहरु थप उपचारका लागि अहिले भेरी अस्पताल आउन थालेका छन् । “तत्कालीन अवस्थामा औषधिले काम गरेको थियो । एक्सरे, भिडिओ एक्सरे, सिटी स्क्यानलगायतका सुविधाबिनै र सम्बन्धित विशेषज्ञ चिकित्सकबिना त्यस्ता बिरामीलाई उपचार गरियोे, अहिले शरीरमा पीडा हुन थालेपछि उहाँहरु यहाँ आइपुग्नु भएको छ, उहाँहरुको स्वास्थय चेकजाँच पश्चात शल्यक्रिया गर्नुपर्ने देखियो र शल्यक्रियाको तयारी गरिएको छ” श्रेष्ठले भने ।

मङ्गगलबार त्यस्ता प्रकृति दुई जना विरामी थप उपचारका लागि भेरी अस्पतालमा आएका छन् । बारेकोट गाउँपालिका–५, नायकबाडा जाजरकोटका ६३ बर्षीय गोपाल दमाई र सोही गाउँपालिका वडा ७, सुवाकोटका ६ वर्षीय बालक दिवस बस्नेतलाई थप उपचारका लागि मङ्गलबार बिहान भेरी अस्पताल ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अटो दुर्घटनामा परि महिलाको मृत्यु

२९ कार्तिक २०८०, बुधबार १५:५७
नेपालगञ्ज : दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुधवार दिउँसो बंगलाचुली–५ […]