‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको छ । ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित यसै संस्करणका प्रतियोगि हुन रुकुम घर भई हाल नेपालगञ्ज उप–महानगरपालिका निवासी शारदा बुढा । ईलेक्ट्रिकल ईन्जिनियरमा डिप्लोमा सकेर बसेकी बुढा प्रतियोगी नं.१ बाट परिचित छिन् । उनका बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग भेटेर गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।
मोडलिङ क्षेत्रमा किन आउनुभयो ?
सानैदेखिको सपना मोडल बनेर समाजको उदाहरणीय पात्र बन्न रहेको थियो । मोडलिङ क्षेत्रमा नै भविष्य खोज्ने चाहाना थियो सानै बाट त्यसैले म यस क्षेत्रमा प्रवेश गरे ।
मोडलिङ बाहेक रुचि केके छन् ?
मलाई समाज सेवामा रुचि छ । मेरो ठुलो घर बनाएर धनि बन्न भन्दा पनि सानो घर होस, थारै आम्दानी होस । तर समाज सेवा गर्न मन एकदमै मन छ ।
प्रेमको कुनै अनुभव छ ?
प्रेम भनेको बुवाआमासँग पनि गरिन्छ साथीभाईसंग पनि हुन्छ । प्रेम केटासैग मात्रै गर्नपर्छ भन्ने पनि छैन । बुवाआमा र साथीभाईसंगको प्रेम अनुभव छ ।
जीबन साथी कस्तो चाहानुहुन्छ ?
विवाह गर्दा मन मिल्ने मान्छेसँग गर्ने योजनामा छु । अनुहार हेरेर म जीवन साथी छान्दिनँ । जीवन साथीको बानीबेहोरा असल हुनुपर्छ । आजभोलीका केटाहरूले केटी मान्छेको पेशालाई सम्मान गर्दैनन्न् । त्यसैले म केटीलाई सम्मान गर्ने जीवन साथी चाहन्छु ।
प्रेम प्रस्ताव राख्ने कति छन् ?
नढाँटी भन्नु पर्दा मलाई धेरैले प्रेम प्रस्ताब राख्नुभयो । तर मैले भने कसैको प्रस्ताव पनि स्विकार गरेको छैन ।
सपना के छ ?
राम्रो अभिनेत्री बन्ने मन सानैबाट थियो । तर, समाजमा अझै पनि अभिनेत्री प्रतिको दृष्ट्रिकोण अझ सकरात्मक भई नसकेकोले आफन्त सबैले अभिनेत्री नबन्न दबाब दिएका कारण कुशल ईन्जिनियर बन्ने सपना छ ।
प्रस्तुती : लक्ष्मी तिमिल्सेना
फोटो : पवन श्रोतिया / ब्लु ओरिजन