आमाले आत्महत्या गरेपछि दुई नावालकको विजोग

१२ श्रावण २०७३, बुधबार १४:२९
 

IMG_8030 copyसदरलाइनडटकम
१२ साउन, नेपालगन्ज : बाबु बैदेशिक रोजगारमा रहेको अवस्थामा आमाको मृत्यु भएपछि बाँके चिसापानी–१ मा दुई नावालकको विचल्ली भएको छ । आमाको मृत्युपछि डेढ वर्षे र ३९ दिनका नावालकको संरक्षण र हेरचाहको लागि कोही नभएपछि छिमेकीद्वारा ती नावालको हेरचाह र संरक्षणको लागि पहल गरेका छन् ।
गत साउन ७ गते विहान ११ बजे आफ्नै गोठमा झुण्डिएर आतम हत्या गरेकी शीला सार्कीका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा कतारमा छन् । घरमा सासु बुहारी र दुई नावालक बस्दै आएकोमा शीलाले एक्कासी आत्महत्या गरेपछि घटनाको अनुंधानको लागि सासु रमादेवी सार्की प्रहरी हिरासतमा छन् ।
विरामी अवस्थाको ठूलो बालक काँधमा बोकेरी महिला विकास पुगेकी स्थानीय लक्ष्मी सिंहले भनिन–‘कोई छैन भन्नेहो भने सबै छन् । तर यीनको हेरचाह गर्ने कोही भएन । यसलाई जरो आएको छ ।’ उनले सीताका माईतीहरु रहेको भएपनि माईती पक्षले दुबैको हेरचाह गर्न ईन्कार गरेपछि घटनाको दिनदेखि नै आफुहरुले हेरचाह गर्दै आएको बताईन ।
सानो ३९ दिनको बालक काखमा लिएकी पुजा सुनारले ‘टुहुरा बालकको उचित व्यवस्थापनको लागि जिल्ला प्रशाशन कार्यालय बाँकेमा निबेदन दिदा महिला तथा बालबालिका कार्यालयमा पठाएको जानकारी दिईन । उनले भनिन–‘ यी बच्चाका आमाले आत्महत्या गरेपनि घरमा फुपु र मावलीमा वाजे बज्यै सबै छन । फुपुको अवस्था नाजुक र गर्भवती भएकोले उनले नसकेपनि मावलीलाई जिम्मा लिन भन्दा हत्याराका सन्ततीलाई हामी हेर्दैनौ भन्दै पन्छिए ।’
सिंह र सुनार दुबैले भने–‘घटना हत्या वा आत्महत्या जे भए पनि प्रहरीले अनुसंधान गर्दै गरेको छ । त्यसमा यी अवोध बालकको दोष के नै छ र । प्रहरीले घरकी बज्यैलाई नियन्त्रणमा लिएर अनुसंंधान पनि गर्दै छ । अव हामीलाई पो गाह्रो भयो ।’
उनीहरुका अनुसार बुहारी शिला र सासु रमादेबी बीच घटना भन्दा करिव १५ दिन अघि भनाभन सहितको झगडा भएको थियो । त्यसै आधारमा माईती पक्षले रमादेवीका कारण आफ्नी छोरीको हत्या भएको भन्ने उजुरीका आधारमा प्रहरीले रमादेवीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो ।
यसैबीच महिला तथा बालबालिका कार्यालय बाँकेले दुबै टुहुरा बालकको भरण पोषणको स्थायी जिम्मा नलगाउदा सम्म सिंह र सुनारलाई नै हेरचाह गर्नको लागि आग्रह गरेको छ । महिला विकास निरीक्षक बिन्दु कुँवरले तत्कालको लागि बच्चालाई खानको आवश्यक प्रबन्ध मिलाउन केही आर्थिक सहयोग र लत्ताकपडा उपलब्ध गराउने पहल भएको जानकारी दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनाको हेलिकप्टरले सुत्केरीको उद्दार, आमा र बच्चा सुरक्षित

१२ श्रावण २०७३, बुधबार १४:२९
सदरलाइनडटकम १२ साउन, नेपालगन्ज : नेपाली सेनाको हेलीकप्टरले प्रसव व्यथा लागेर जटिल अवस्थामा पुगेकी बाँके गंगापुर–३ सोनवर्षाकी एक महिलालाई उद्दार गरी आमा र बच्चाको ज्यान जोगाउन सफल भएको छ । सोनवर्षाकी शान्तिदेवि लोहारलाई नेपाली सेनाको एमआई ७ भि ५ हेलिकप्टरले गंगापुर स्वास्थ्य चौकीबाट उद्दार गरी नेपालगन्ज पु¥याएको थियो । उद्दारको लागि नेपाली […]