नरैनापुरमा नमुना बिद्यालय भबनको शिलान्यास

सदरलाइन संवाददाता २० पुष २०७९, बुधबार १२:५२
 

नरैनापुर (बाँके) : नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा सञ्चालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले शिलान्यास गरेका छन् ।

प्रदेश सभा सदस्य नमुनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष शाहले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाँउपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने जिकिर गरे । नरैनापुरलाई पर्यटकीय स्थल बनाउने गरी गाँउपालिकाले काम गरिरहेको उनको भनाइ थियो ।

प्रदेश सरकार र पालिकाबाट गरी जम्मा ३ करोड लागतमा निमार्ण सुरु भएको भवन १८ महिना भित्रै निमार्ण सम्पन्न गर्न गाँउपालिका अध्यक्ष शाहले निर्देशन दिए ।

नरैनापुर गाँउपालिका वडा नम्बर १ मा सञ्चालित उक्त बिद्यालयको हाल पठनपाठन भईरहेको भवन जिर्ण अवस्थामा रहेकोले प्रदेश सरकार र नरैनापुर गाँउपालिकाको समपूरक अनुदानबाट ८ कोठे भवन र शौचालय बन्न लागेको नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।


शिलान्यास कार्यक्रममा नरैनपुर गाँउपालिका वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा सदस्य रियाज खाँ, योजना शाखा प्रमुख प्रकाश अधिकारी, इन्जिनियर प्रबिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

मदरसाका अध्यक्ष शैयद मुस्ताक अहमद शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई एक÷एकथान पोशाक वितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तराई–मधेसमा शीतलहर बढ्न सक्ने चेतावनी

२० पुष २०७९, बुधबार १२:५२
नेपालगञ्ज : शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । बाँकेसहित तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो । तराईका अन्य क्षेत्रमा पनि मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]