नेपालगञ्जलाई भुकम्पिय जोखिममुक्त बनाउने मापदण्डका संरचना निर्माण गर्न सुझव

सदरलाइन संवाददाता २३ कार्तिक २०७९, बुधबार १८:४७
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरलाई भुकम्पिय जोखिम मुक्त बनाउनको लागि उपमहानगरले तोकेको मापदण्डको आधारमा मात्र भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिईएको छ ।

बुधबार नेपालगञ्ज उपमहानगरको आयोजनामा तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा रेडक्रश बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना कार्यक्रमका सहभागिले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्जलाई भुकम्पीय जोखिमबाट मुक्त राख्नको लागि उपमहानगरले तोकेको मापदण्डको आधारमा नक्सा पास गराएर मात्र आफ्नो घर तथा संरचना निर्माण गर्न आग्रह गरे ।

उनले भूकम्पका कारण हुने क्षति न्यूनिकरण र द्रुत प्रतिकार्य र अपनाउने सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास कार्यक्रमले शहरी विपद् तथा भुकम्पिय पूर्वतयारी परियोजना अन्तरगत भुकम्पिय परिदृष्यमा आधारित कृतिम घटना अभ्यासले जनचेतना समेत फैलाउने दाबी गरे ।

भूकम्पिय परिदृश्यमा आधारित कृत्रिम घटना’अभ्यासमा सरोकार भएकाले पीडितलाई राहत, उद्धार, प्राथमिक स्वास्थ्य उपचार र अस्थायी बसोवास लगायतका विषयमा सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास गरिएको छ ।

उपप्रमुख राईले उपमहानगरको वडा नं ३ र ७ मा परम्परागत घर निर्माण भएको उल्लेख गर्दै भूकम्पीय जोखिम कम गर्न मापदण्ड अनुसारका आवास निर्माण गर्न सुझाव दिदै भने–‘ नक्सा पास नभइ निर्माण भएका घरले भूकम्पको जोखिममा पर्न सक्ने भन्दै त्यसतर्फ सजग हुन आवश्यक छ ।’


बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भूकम्पिय प्रतिरोधात्मक संरचना निर्माणबाट भूकम्पको जोखिम न्यूनिकरण हुने भन्दै सुरक्षित आवास निर्माणमा जोड दिदै भने–‘यस्ता कृत्रिम अभ्यासले जनचेतनामूक कार्यक्रमलाई वढवा दिएको हुन्छ ।’

परामर्सदाता डा सृजन बहादुर मल्लले भूकम्पमा आधारित टेबुलटप कृत्रिम घटना अभ्यासको बारेमा जानकारी दिदै प्रादेशिक विपद प्रतिकार्य कार्यढाचा निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजालले भूकम्पका कारण अपनाउने सर्तकता प्रर्याप्त नभएको उल्लेख गर्दै हाम्रा क्षमतामा विकास गर्न जोड दिए । रेडक्रस बाँकेका सभापति गोवर्धन सिह सम्झनाले यस्ता कार्यक्रमले विपद पूर्वतयारी र प्रतिकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज एअरपोर्ट, खानेपानी संस्थान लगायतका सरकारी तथा गैर सरकारी संस्थाले आ आफना सुझाव प्रस्तत गर्दै राहत, उद्धार र प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा देखिने त्रुटीलाई सच्चाएर अघि वढने प्रतिवद्धता जनाएका थिए ।

कृत्रिम घटना अभ्यासका लागि नागरिक समाज, जिल्ला स्तरिय संयन्त्र र स्थानीय सरकारको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई विभाजन गरेर समूहगत छलफल गरिएको थियो । उपमहानगरपालिका तथा शहरी विपद तथा भूकम्पिय पूर्व तयारी परियोजनाले आयोजना गरेको कार्यक्रममा युएनडीपीका दीपक श्रेष्ठ, उपमहानगरपालिका समाजिक महाशाखा की शोभा शाह लगायतले भूकम्पीय जोखिमबाट बच्न अवलम्वन गर्ने उपायबारे अभ्यास कार्क्रममा आफ्ना धारणा व्यक्त गरेका थिए ।

बुधबार बिहान मात्र पश्चिम डोटी केन्द्र विन्दु भएर भूकम्प गएको र नेपालगंजमा भूकम्प परिदृष्यमा कृतिम अभ्यास हुदा सहभागी सवैले अभ्यासलाई महत्व दिएको र पश्चिम क्षेत्र भूकम्पिय उच्च जोखिममा रहेको वताउदै सहभागीहरुले त्यसको जोखिम न्यूनिकरणमा भुमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडमा जनसेवामा खटेकी नमुना घरदैलोमै व्यस्त

२३ कार्तिक २०७९, बुधबार १८:४७
नेपालगञ्ज  : आगामी मंसिर ४ मा सम्पन्न हुने निर्वाचनको बेलामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त हुँदा बाँके निर्वाचन क्षेत्र १ क की गठबन्धनकबाट उम्मेदवार बनेकी कृष्णा केसी नमुना पनि घरदैलोमै व्यस्त छिन । दुई वर्ष अघि केभिड–१९ (कोरोना भाइरस) विश्वभरि फैलिँदो अवस्थामा थियो । कोरोना भाइरस नेपालमा समुदायसम्मै […]

सम्बन्धित