बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन शुरु

सदरलाइन संवाददाता १६ भाद्र २०८०, शनिबार १४:४७
 

बुटवल : नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शुरु भएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन चलिरहेको छ । अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरु सहभागी भएका छन् ।

अधिवेशन उदघाटनअघि विभिन्न क्षेत्रबाट र्याली निकालिएको थियो । सम्मेलन केन्द्रमा एमालेका नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको छ ।


दुई दिन सम्म चल्ने अधिवेशनमा प्रदेशका १२ जिल्लाकै प्रतिनिधिरु सहभागी छन् । अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार जना प्रतिनिधि सहभागी भएको एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

मुलुक संघीयतामा गएपछि पहिलो भएको अधिवैशनलाई भव्य बनाउन एमालेले केहीदिन अघिदेखि विशेष तयारी गरिरहेको थियो ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग समिति नेपालको ५औं दिक्षान्त समारोह सम्पन्न

१६ भाद्र २०८०, शनिबार १४:४७
नेपालगञ्ज : योग समिति नेपालको पाँचौ दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि शनिवार नेपालगञ्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित भएका छन् । योग समिति नेपालका अध्यक्ष एवं योगगुरु गिरिराज भटराईको अध्यक्षतामा भएको गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्विनी प्रदेशका […]