सदरलाइनडटकम,
नेपालगञ्ज : ज्ञानोदय बिद्या निकेतन (जिभिएन) नेपालगञ्जका बिद्यार्थीहरुले बृद्धबृद्धाहरुलाई खाद्यान्न प्रदान गरेका छन् । बिद्यार्थीहरुले नीलसागर बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई चामल, दाल, नुन, तेल, फलफुललगायतका खाद्यान सामग्री प्रदान गरेका हुन् ।
बिद्यालयअन्तर्गत रहेको जुनियर रेडक्रस सर्कलमार्फत संकलन गरिएको खाद्यान्न सामाग्री बिहीवार बृद्धबृद्धाहरुलाई बितरण गरिएको सर्कलका संरक्षक एवं प्रिन्सिपल मानबहादुर थापाले बताए । बिद्यार्थीहरुले बृद्धाश्रममै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको शिक्षक नायक अभिषेक खनालले जानकारी दिए । कार्यक्रममा बिद्यालयकी लेखा प्रमुख बर्षा पोख्रेल, शिक्षक, बिद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।

