जयेन्दु वालसुधार गृहमा झडप हुँदा एकको मृत्यु १० घाइते

सदरलाइन संवाददाता ५ आश्विन २०८०, शुक्रबार १०:०७
 

नेपालगञ्ज :  बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

२ सय ५४ जना रहेको सो बालसुधार गृहका दुईवटा भवनमा तोडफोड र आगजनी गरेका छन् । दुई समूहमा रहेका उनीहरुबीच बिहिबार राती सवा १० बजेदेखि झडप सुरु भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिईन ।

उनले सुधार गृहमा रहेको पुरानो समूहले नयाँ समूहलाई दमन गरेर भित्रका गतिबिधि बाहिर आउन नदिने, कुटपिट गर्ने, लागू औषध प्रयोग गर्ने जस्ता गतिविधि बाहिर आउन नदिनको लागि गरिएको दमन बीच झडप भएको बताईन ।

‘पटक–पटक माथिल्लो निकायमा यहाँका अवस्थाको जानकारी गराउदा पनि एक्सन नलिएको कारण यस्ता घटनाको पुनाराबृत्ति भई रहने देखिएको छ ’–उनले भनिन–‘केही समय अघि मात्र पनि सो समूहले सुरक्षमा गटिएका प्रहरीलाई समेत कुटपिट गरेको थियो । कुटपिट गर्नेलाई कारवाहीको लागि लेखि पठाए पनि केही नभएपछि उनीहरुको मनोवल बढेको हो ।’


सो दोहोरो झडपमा घाइते भएका अपहरण, शरिर बन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले घटनाको लगत्तै प्रहरी परिचालन गरी मानिविय क्षति हुन नदिनको लागि प्रयास गरिएको बताए । अहिले दुईवटा भवनमा उनीहरु भित्रबाट तालालगाएर बसेका छन् । प्रहरीको बाक्लो उपस्थिति रहेको छ । उनीहरुले बाल सुधार गृहको झ्यालको शिसा फोड्नुको साथै कार्यालय, गाडि, मोटरसाईक, कम्युटर, टिभि, प्रिन्टरलगायका उपकरण तोडफोड गरेका छन् ।

बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन ।

पछिल्लो पटक लागु औषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो ।

यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो । बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल सुधार गृहबाट भागेका ९ जना अझै सम्पर्कविहीन

५ आश्विन २०८०, शुक्रबार १०:०७
नेपालगञ्ज : बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् । बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए […]