पचास ग्राम ब्राउन सुगरसहित दाङ्गका सञ्जय जमुनाहमा पक्राउ

सदरलाइन संवाददाता २५ भाद्र २०८०, सोमबार १९:५१
 

नेपालगञ्ज : बाँके प्रहरीले पचास ग्राम ब्राउन सुगरसहित भारतकाे रुपैडीहाबाट नेपालगञ्ज आउदै गरेका दाङ्ग  घाेराही -११का २५ वर्षिय युवालाई  नियन्त्रणमा लिएर अनुसंन्धान सुरुगरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले दिएकाे जानकारी अनुसार ईप्रका जमुनाह र लागुओैषध नियन्त्रण ब्युराे नेपालगञ्जकाे संयुक्त टाेलीले दाङका सञ्जय नेपालीलाई नियन्त्रणमा लिन सफल भएकाे हाे ।


नेपालीले जुत्तामा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले शंका लागि खान तलास गर्दा ५० ग्राम ब्राउन सुगर जस्तो धुलाे पदार्थ बरामद गरि अनुसन्धान सुरु गरेको डिएसपी डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङकाे हृदयाघातका कारण मृत्यु

२५ भाद्र २०८०, सोमबार १९:५१
काठमाडौ : संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उनलाई घरमै हृदयाघात भएपछि  उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उनलाई […]