कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना

सदरलाइन संवाददाता ७ श्रावण २०७८, बिहीबार १६:५८
 


कालिकोट : जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । ‘जिल्ला अस्पतालमा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो । अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ।’

अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए । ‘जिल्लामा विद्युतको लाइन छ तर त्यो विद्युत् नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ ।’ विद्युत् नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिने उनले दावि गरे ।


जिल्लामा कोभिड–१९ सङ्क्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए । ‘क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ’, उनले भने, ‘कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौं।’ जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्दै बाँकेको खजुरा

७ श्रावण २०७८, बिहीबार १६:५८
खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाले कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी प्राथामिकतामा राखेको छ । ईजरायली मोडलमा डिजाईन गरी बसालिएको बस्ती भएको खजुुरा गाउपालिकाले अन्न, तरकारी तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखेको हो । खजुरा गाउपालिका कृषि शाखा प्रमुख पुनम पोख्रेलले […]

सम्बन्धित