सल्यानमा केटी–केटीबीच विवाह

सदरलाइन संवाददाता १६ भाद्र २०८०, शनिबार १३:००
 

सल्यान : सल्यानमा दुइजना केटीहरुबीच विवाह भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको छ । उनिहरु दुवैजना केटी हुन् ।

३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेको बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बसेकी छन् । माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिक्रिया छ । ‘हामीहरु केटी–केटी नै हौं । समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं । कुनै भाइरल हुनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौं’, योजनाले भनिन् ।


घरपरिवारले नमानेका कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटीबीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाइ छ । दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्ययनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै रहने बाचा समेत गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गौ हत्याविरुद्ध नेपालगञ्जमा बृहद् प्रदर्शन हुने

१६ भाद्र २०८०, शनिबार १३:००
नेपालगञ्ज : विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँकेको पहलमा विभिन्न हिन्दु धार्मिक संगठन सहित बसेको बैठकमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउने भएको छ । समितिका अनुसार गाई काटेर खाएको विरोधमा मंगलबार १९ गते बिहान ११ बजे बागेश्वरी पार्कमा भेला भई वृहद् प्रर्दशन […]