समावेशी प्यानलमा चुडीवालादेखि उद्योगपतिसम्म

सदरलाइन संवाददाता ३१ श्रावण २०८०, बुधबार १७:३७
 

नेपालगञ्ज :  आगामी भदौ २ गते सम्पन्न हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलमा नाम जस्तै चुडीवालादेखि उद्योगपतिसम्मलाई मैदानमा उतारेको छ ।

‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान, समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान’ भन्ने मूल नारा र १७ ‘स’को प्रतिबद्धताहरु र उद्योग, व्यापार र वाणिज्य सबै क्षेत्रबाट सानादेखि ठूला व्यापारिक घराना सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी प्यानलले उम्मेदवार छनोट गरेको समावेशी प्यानल निर्वाचन परिचालन समितिले जनाएको छ ।

आगामी २ भदौमा नेपालगञ्ज रंगशालामा हुन गइरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा संघका वर्तमान प्रवक्ता टंकबहादुर धामीको नेतृत्वमा समावेशी प्यानल निर्वाचनमा होमिएको छ ।

अध्यक्षका प्रत्यासी धामीसँग संघमा दुई कार्र्यकाल सदस्य भएर काम गरेको अनुभव छ । २०६० सालदेखि नेपालगञ्जमा रेडिमेड व्यवसाय सञ्चालन गरेका धामी कमल इन्टरप्राइजेज, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स, मनिष टे«ड लिंक, कमल गार्मेन्ट प्रा.लि., रामारोशन तयारी पोशाक व्यवसायसञ्चालन गरिरहेका छन् ।

यसैगरी उनी रामारोशन सहकारीका अध्यक्ष र अछामी सेवा समाजकासल्लाहकार र लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रलका पूर्वअध्यक्ष हुन् । धामी भन्छन्, ‘समावेशी प्यानल निर्वाचित भएपछि सानादेखि ठूला उद्योगी व्यवसायीलाई अनुभूति हुने गरी काम गर्नेछु ।’

समावेशी प्यानलबाट संघको वर्तमान महासचिव चिरञ्जीवी ओेली उपाध्यक्ष (उद्योग) उम्मेदवार बनेका छन् । नेपालगञ्ज पेट प्लाष्ट इन्डष्ट्रिज प्रालिका सञ्चालक र ओली ट्रेड लिंकका प्रोपराइटर ओलीको पृष्ठभूमि पत्रकारिता र असल शासन अभियन्ता हो ।

२०६० सालमा रेडियो भेरी आवाज नेपालगञ्जबाट पत्रकारिता सुरु गरेका ओेलीले गरेका रेडियो बहसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनले कोल्ड स्टोरहुँदै मोेबाइलको डिलर सञ्चालन गरेका छन् ।

२०६६ सालपछि इलेक्ट्रोनिक व्यवसायी भए । नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनको संस्थापक महासचिव हुँदै पूर्वअध्यक्ष पनि हुन् । नेपाल मोबाइल वितरक संघको केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

समावेशी प्यानलको उपाध्यक्ष (वाणिज्य)का उम्मेदवार हुन्, हरिलाल न्यौपाने । न्यौपाने संघको वर्तमान कोषाध्यक्ष हुनु । साढे दुई दशकदेखि व्यवसाय क्षेत्रमा क्रियाशील उनी हार्दिक स्टोेर र श्रीराम स्टोरका प्रोपराइटर पनि हुन् । मदिरा व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष र गुल्मेली सेवा समाजका अध्यक्ष पनि हुन् । लायन्स क्लब अफ सिद्धीविनायकका चाटर्ड अध्यक्ष न्यौपाने नेपाल रेडक्रस सोसाइटी र क्षयरोग निवारण संघको आजीवन सदस्य भएर समाजिक क्षेत्रमा क्रियाशील छन् ।

मन्दिरा पाण्डे समावेशी प्यानलको उपाध्यक्ष (महिला)को उम्मेदवार हुन् । पाण्डेसंघको कार्य समिति सदस्य हुन् । २०४९ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील उनी त्रिवेणी पुस्तक सदन धम्बाझीको प्रोपराइटर हुन् । पाण्डे खेल क्षेत्रबाट व्यवसायिक क्षेत्रमा लागेकी हुन् । उनी एथलेटिक्स (दौड र ज्याभलिङ थ्रो) को राष्ट्रिय खेलाडी पनि हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको पूर्वउपाध्यक्ष र लायन्स क्लब अफ बागेश्वरी पूर्वअध्यक्ष भएर काम गरेको अनुभव छ ।

भीमबहादुर रानाभाट समावेशी प्यानलबाट महासचिव पदका उम्मेदवार हुन् । संघको वर्तमान कार्य समिति सदस्य रानाभाट २०५३ सालदेखि व्यवसायिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । उनी कालिका इम्पोरियम घरबारीटोल र आरबी सपिङ कम्प्लेक्स न्यूरोडका सञ्चालक हुन् । तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपाल बाँकेको संस्थापक अध्यक्ष हुन् ।

उनकै नेतृत्वमा जुमा स्पोट्स क्लब रहेको छ । न्यूरोड टोल सुधार समितिको महासचिव र पूर्वअध्यक्ष, लायन्स क्लब अफ नेपालगञ्ज न्यूरोड, बर्दियाली सेवा समाज बाँके अध्यक्ष, भेरी साहित्य समाजका सल्लाहकार, लायन्स ब्लड बैंकका संस्थापक सदस्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ कोे जोन चेयर पर्सनभएर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

समावेशी प्यानलबाट मदन राज शर्मा उपमहासचिव पदका उम्मेदवार हुन् । शर्मा बागेश्वरी कम्प्युटर टेक्नोलोजी सप्लायर्स र प्रिन्टर वल्र्ड टे«ेड एण्ड सप्लायर्सको प्रोेपराइटर हुन् । कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) र नेपाल भारत मैत्री संघसँग आबद्धउनी फुल्टेक्रा माविको सल्लाहकार पनि हुन् ।

कोेभिडको बेलामा नेपालगञ्ज उपमहानगरपालिका, गुरुद्वारा समिति, मानव धर्म सेवा समितिसँग मिलेर खाना र पानी अभियान सञ्चालन गरेका थिए ।

सलाउद्दिन जसगढसमावेशी प्यानलका कोषाध्यक्ष पदको उम्मेदवार हुन् । जसगढ तीन कार्यकालदेखि संघको निरन्तर कार्य समिति सदस्य हुन् । उनी मोहियद्दीन ज्वैलर्सको प्रोपराइटर हुन् । सुन चाँदी व्यवसायी संघ बाँकेको दुई दशकदेखि निर्विरोध अध्यक्ष (चार कार्यकाल) सफल नेतृत्व गरेका छन् । उनी दुई दशकदेखि व्यवसायीको हकहितमा क्रियाशील छन् ।


संघको यो निर्वाचनमा सदस्य पदमा एक मात्र महिला उम्मेदवार हुन्, इन्दिरा कुमारी शाही । १५ वर्षदेखि श्रीलक्ष्मी जनरल स्टोर सञ्चालन गरिरहेकी शाही नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघको महिला उपाध्यक्ष पनि हुन् । उनी नेपालगञ्ज उपमहानगरपालिकाको निवर्तमान कार्र्यपालिका सदस्य पनि हुन् ।
सहयोगी मन बाँकेको अध्यक्ष भएर दुःखी, गरिबलाई सहयोग र सेवा गर्दै आएकी छन् ।

समावेशीबाट तोपबहादुर थापा सदस्य पदका अर्का उम्मेदवार हुन् । २०५१ सालदेखि किराना व्यवसाय सञ्चालन गरेका थापाका करुणा थापा किराना पसल, प्रज्वल कोल्ड स्टोर र सीएसटी होटल एण्ड पार्टी प्यालेस सञ्चालन गरेका छन् । बर्दियाको बढैयातालमा सरस्वती इङ्लिस मिडियम स्कुल सञ्चालन गरेका छन् ।

रेडिमेड व्यवसायी विष्णु श्रेष्ठ पनि समावेशीका सदस्य पदका उम्मेदवार हुन् । दीपक सपिङ कम्प्लेक्स र सुस्ता इम्पेक्सबाट श्रेष्ठले रेडिमेड कपडाको व्यवसाय गर्छन् । रेडिमेड तथा ब्याग व्यवसायी समिति नेपालगन्जको अध्यक्ष पनि हुन् । लियो क्लब, लायन्स क्लब, नेपाल क्षयरोग निवारण संस्था र जुमा स्पोट्स क्लबबाट सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छन् ।

समावेशीबाट सदस्य पदका उम्मेदवार बुद्धिबहादुर विके पनि हुन् । २०५० सालदेखि सुनचाँदी व्यवसायमा क्रियाशील उनको नेपालगञ्जको घरवारी टोलमा न्यू दियाली सुनचाँदी पसल छ । नेपाल सुनचाँदी व्यवसायी संघ बाँकेको २०५२ सालको संस्थापक सदस्य, सचिवर हाल बाँके सुनचाँदी तथा गहना व्यवसायी संघको अध्यक्ष पनि हुुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सभापतिहुन् ।

शुुभान्सी सपिङ्ग सेन्टर र सुभानी सपिङ्ग सेन्टरको सञ्चालक सुदन केसी पनि समावेशीबाट सदस्य पदका उम्मेदवार हुन् । केसी रेडिमेड तथा ब्याग ब्वयवसायी समिति बाँकेका उपमहासचिवर लायन्स क्लब अफ सिनर्जीका सचिव हुन् ।

न्यू ओम इलेक्टिकलका सञ्चालक शिवराज कुर्मी पनि समावेशी प्यानलबाट सदस्य पदका उम्मेदवार हुन् । २०६८ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील कुर्मी तीन कार्यकाल नेपालगन्ज इलेक्टिकल एशोसियसनको सदस्य भएर काम गरेका छन् ।

१५ वर्षदेखि अण्डाको थोक विक्रेता धर्मेन्द्र सिंह ठटेर पनि समावेशीका सदस्य पदका उम्मेदवार हुन् । ठटेरको धर्मेन्द्र ट्रेड एण्ड सप्लायर्स रहेको छ । उनी कुखुरा व्यवसायी संघ दाङका सदस्य पनि हुन् ।

२०६५ सालदेखि नेपालगञ्जको एकलैनीमा राप्ती चुडी पसलको सञ्चालन गर्दै आएका जमालुदिन अन्सारी पनि समावेशीबाट सदस्य पदको उम्मेदवार बनेका छन् । अन्सारी रोटरी क्ल अफ नेपालगञ्जकोे सदस्य पनि हुन् ।

२०५३ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील टीकामणि उपाध्यायलाई पनि समावेशी प्यानलले सदस्य उम्मेदवार बनाएको छ । बागेश्वरी सप्लायर्स र सुलोचना रेडिमेड घरका उपाध्याय प्रोपराइटर हुन् । रेडिमेड तथा ब्याग व्यवसाय समिति सदस्य हुन् । हिमालयन लाइफ इन्स्युरेन्स कम्पनीको टपर हुन ।

मोबाइल व्यवसायी डम्बरबहादुर चन्दलाई पनि समावेशीले सदस्य पदको उम्मेदवार बनाएको छ । महाराजा मोबाइल एण्ड इलेक्टिकल्सका सञ्चालक चन्द नेपालगञ्ज इलेक्टिकल्स एशोसियसनका कोषाध्यक्ष हुन् ।
समावेशी प्यानलले एशोसियट सदस्य पदमा सञ्जय कुमार अग्रवाल र कमल कुमार कार्कीलाई उम्मेदवार बनाएको छ । अग्रवाल संघको वर्तमान एशोसियट सदस्य पनि हुन् । २०५६ सालदेखि व्यवसायमा लागेका उनी जय मंगलम् इन्भेष्टमेन्ट प्रालिको प्रबन्ध निर्देशक हुन् ।

एशोसियट सदस्यका अर्का उम्मेदवार कमलकुमार कार्की धेरै वटा उद्योग र व्यवसायमा संलग्न व्यक्ति हुन् । सिद्धबाबा हार्डवेयर, सिग्नेट कन्स्ट्रक्सन, बागेश्वरी ह्युमपाइप एण्ड विद्युत पोल उद्योेग, शिवशंकर बालुवा एण्ड क्रसिङ इण्डष्ट्रिज, स्टार पोलिपाइप इण्डष्ट्रिज र बागेश्वरी स्टिल स्ट्रक्चर, सिद्धबाबा स्टिल इण्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक गरी ८ वटा प्रा.लिको त कार्की अध्यक्ष छन् ।

जय हनुमान आयल स्टोर कोहलपुर, वेष्टर्न क्रसर इण्डष्ट्रिज कैलाली, स्वर्गद्वारी ह्युमपाइप इण्डष्ट्रिज जनकपुर, भागेश्वर ह्युमपाइप इण्डष्ट्रिज बनेपा र बागेश्वरी ह्युमपाइप प्रा.लि.को प्रबन्धक हुन् । न्यू बागेश्वरी सप्लायर्स नेपालगन्जका प्रोपराइटर हुन् । कैलाली निर्माण व्यवसायी संघमा दुई कार्यकाल सदस्य निर्वाचित भएर काम गरेको अनुभव छ ।

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेको अध्यक्ष फणाधर भण्डारीलाई समावेशीले सम्बद्ध सदस्यको उम्मेदवार बनाएको छ । २०५८ सालदेखि नेपालगञ्ज उद्योग वाणिज्य संघको साधारण सदस्य रहेका भण्डारीले पानी उद्योग सञ्चालन गरेर सुरुवात ०७३ देखि २०७५ सम्म पानी उद्योग संघ नेपालगञ्ज बाँकेको अध्यक्ष बनेका थिए ।

उद्योगी, स्टेशनरी, फेन्सी, कम्प्युटर, सुनचाँदी, हार्डवेयर, किराना, मदिरा व्यवसायी, होटल व्यवसायी, विद्युतीय सामान, मोबाइल, कुखुरा व्यवसायी, चुरा व्यवसायीसम्मको प्रतिनिधित्व गरेकाले समावेशी साँच्चीकै समावेशी बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध लागूऔषधसहित चार जना पक्राउ

३१ श्रावण २०८०, बुधबार १७:३७
  काठमाडौं :  प्रहरीले बाँके, तनहुँ, झापा र कैलालीबाट विभिन्न प्रकाररका लागू औषधका साथ ४ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । नेपाल प्रहरीको सञ्चार बुलेटिनमा उल्लेख गरिए अनुसार तनहुँ, ब्यास नगरपालिका–११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित मंगलबार दिउँसो […]