सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकामा सोमबार सार्वजानिक सुनुवाई तथा घुम्ती सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको ब्यवस्थापनमा उक्त कार्यक्रम हुन लागेको हो ।
गाउँपालिकाको कार्यालय अगैयामा बिहान १० बजे कार्यक्रम सुरु हुने गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । सो क्रममा सार्वजनिक सुनुवाई, नागरिकता वितरण, मतदाता परिचय पत्र, लालपुर्जा वितरण, स्वास्थ्य परिक्षण, आँखा शिविर, कृषि प्राविधिक सेवा लगायत सेवा दिईने उनले बताए ।
सार्वजनिक सुनुवाई तथा घुम्ती सेवा कार्यक्रममा सहभागिता जनाएर सेवा लिन गाउँपालिकाको वडा नम्बर १ देखी ९ सम्मका बासिन्दालाई गाउँपालिकाले आग्रह गरेको छ । घुम्ती सेवा सञ्चालन कार्यक्रममा जिल्लाबाट सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको समेत सहभागिता रहने भएको छ ।
Next Post
‘पाँच नंम्बर प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउछौ’
३ चैत्र २०७५, आईतवार १८:३९
सम्बन्धित
-
११ मंसिर २०७८, शनिबार १४:२१
बाँके क्षेत्र २ को सभापतिमा रमेश गुप्ता निर्वाचित
-
१७ श्रावण २०७८, आईतवार १४:३३
बल्दैनन् नेपालगञ्जका अधिकांश सौर्यबत्ती
-
१ मंसिर २०७६, आईतवार १४:१८
बर्दिया प्रहरीद्वारा ५८ किलो चरेशसहित पाँच पक्राउ
-
९ भाद्र २०७७, मंगलवार २०:३७
सिलाईकर्मीलाई रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधि वितरण गरिदै
-
२२ आश्विन २०७८, शुक्रबार १९:१४
संघ र प्रदेशमा गरी बाँकेले पायो तीन मन्त्री
-
२८ आश्विन २०७४, शनिबार १९:०४
विभिन्न सचेतनाका कार्यक्रमका साथ बाँकेमा कण्डम दिवस मनाईयो