मुर्ती चोरी गरेको आरोपमा बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २२ पुष २०७८, बिहीबार १६:४४
 

नेपालगञ्ज : मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी गरेको आरोपमा बाँकेमा एकजना पक्राउ पेरका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार राती एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले सामानसहित एकजनालाई पक्राउ गरेको हो ।


प्रक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–१ बस्ने २५ वर्षीय असरफ बागवान रहेका जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले बागवानका साथबाट भगवानको मुर्ती तीन थान, पाँच थान घण्टी, नाग देवताको मुर्ती दुई थान, तामाको लोटा चार थान, त्रिशुल थान तीन थान, आरती एक थान, पाला छोप्ने ढक्कन आठ थान, पाला दुई थान, टिका राख्ने भाँडा एक थान, फलामको सिक्रि एक थान, सानो आरी एक थान र रिन्च एक थान बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्व.मोहम्मदी सिद्धिकीको सम्झनामा स्मारिका विमोचन

२२ पुष २०७८, बिहीबार १६:४४
नेपालगञ्ज :  पहिलो संविधान सभा सदस्य स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्झनामा तयार पारिएको ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका नेपालगञ्ज विमोचन गरिएको छ । विहिबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गैर सरकारी संस्था मंहासंघ बाँकेले पुस्तक विमोचन गरेको हो । विमोचन गरिएको सो पुस्तकमा वरिष्ठ समाजसेवी तथा अगुवा मुस्लिम महिला सिद्धिकीसंग सम्बन्धित […]

सम्बन्धित