औपचारिकता मात्रैमा मनाईयो ६८ औं प्रजातन्त्र दिवस

७ फाल्गुन २०७४, सोमबार ११:४६
 

सदरलाइनडटकम
७ फागुन, नेपालगन्ज  : ६८ औ राष्ट्रिय प्रजतान्त्र दिवस बाँकेमा पनि मनाईएको छ । मुलुकका नागरिक अगुवा र राजनीतिक दलले अपनत्व गर्न नसक्दा ‘औपचारिकता मात्रै’मा सो दिवस मनाउने परिपाटी नै भएको छ ।
जिल्लामा प्रजातन्त्र दिवस, शहिद दिवस, लोकतन्त्र दिवस गणतन्त्र दिवस जस्ता महत्वपूर्ण कार्यक्रमहरु मनाउनको लागि कर्मचारी, प्रहरी, शिक्षक र विद्यार्थीको मात्र सहभागिता हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट र्याली सहित केही जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहितको समुहले नगर परिक्रमा गरी नेपालगन्ज उप–महानगरपालिकाको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, क्षेत्रीय निर्वाचन अधिकारी बसन्त राज अधिकारी एमाले बाँकेका सचिव रत्न खत्री लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच दोस्रो निर्वाचन दिवस समेत एकै दिन परेकोले एकै समारोहमा मनाईएको छ । दुई छुट्टाछुट्टै व्यानर टाँगेर कार्यक्रमको आयोजना गरिएको थियो ।


 

Next Post

महिला उद्यमी संघ बाँकेको आयोजनामा महोत्सव हुँदै

७ फाल्गुन २०७४, सोमबार ११:४६
सदरलाइनडटकम  ७ फागुन, नेपालगन्ज : महिला उद्यमी संघ बाँकेको आयोजनामा नेपालगन्जमा फागुन १० गतेदेखि होलि महोत्सव तथा व्यापार मेला हुने भएको छ । सो महोत्सव फागुन १४ गतेसम्म चल्नेछ । संघले नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले होली महोत्सव तथा व्यापार मेलाको बारेमा जानकारी गराएको हो । मेला नेपालगन्जस्थित बागेश्वरी […]