लुम्बिनी प्रदेशका १ हजार ६२ पत्रकारको दुर्घटना बिमा

सदरलाइन संवाददाता ४ असार २०८०, सोमबार १३:५१
 

नेपालगञ्ज : लुम्बिनीका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनीको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो ।

प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले बताए ।

पत्रकारको दुर्घटना बीमाका लागि आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पौडेल, राष्ट्रिय बीमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


दुर्घटना बीमाले पत्रकारको दुर्घटनामा मृत्यु भएमा, स्थायी तथा अस्थायी अंगभंग भएमा औषधी उपचार तथा आतंकवादबाट हुने जोखिमको रक्षावरण गर्नेछ ।

पत्रकारको दुर्घटना बीमा गर्न आगामी वर्षको लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी

४ असार २०८०, सोमबार १३:५१
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेको हो । ८ बुँदामा रहेका मागहरुलाई सम्बोधन नभएसम्मका लागि आफुले लगाएको तालाबन्दी तोडफोड भए वा अन्य कुनै गतिविधि भएमा त्यसको […]