दाङमा दुई वटा बस ठोक्किँदा एक जनाको मृत्यु, २३ घाइते

सदरलाइन संवाददाता ५ जेष्ठ २०८०, शुक्रबार १२:३४
 

नेपालगञ्ज : दाङमा दुई वटा यात्रुबहाक बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

शुक्रवार बिहान पौने ७ बजे लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही –३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


जिल्ला प्रहरी दाङका अनुसार गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई रिफर गरिएको छ ।

अन्य सामान्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहयोगको याचना गर्दै क्यान्सर पीडित गंगा गुरुङ

५ जेष्ठ २०८०, शुक्रबार १२:३४
नेपालगञ्ज : क्यान्सर पीडित गंगा गुरुङले सहयोगको याचना गरेकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा डेरा गरेर बस्ने ४३ गंगा पेटको क्यान्सरबाट पीडित छिन् । उपचारका लागि आर्थिक अभाव हुँदा उनको परिवारले सहयोगको याचना गरेको हो । विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा विगत एक वर्षदेखि उपचार […]

सम्बन्धित