नगर पञ्चायत रुपईडिहाको अध्यक्षमा बैश्य निर्वाचित

सदरलाइन संवाददाता ३१ बैशाख २०८०, आईतवार १३:२४
 

नेपालगञ्ज : बहाराईच जिल्ला अन्तर्गत रहेको नगर पञ्चायत रुपईडिहाको अध्यक्षमा भारतीय जनता पार्टीका उम्मेदवार डा.उमाशंकर बैश्य निर्वाचित भएका छन् ।

कडा प्रतिस्पर्धाका बीच नगर पञ्चायतको निर्वाचनमा पुर्व ग्राम प्रधान मोहम्मद जुबेर फारुकीलाई १५६ मतान्तरले पराजित गर्दै अध्यक्षमा बैश्य निर्वाचित भएका हुन् ।


डा.बैश्यले ४६५२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी फारुकीले ४४९६ मत प्राप्त गरेको रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन् ।

नेपाल भारत सीमामा रहेको भारतीय क्षेत्र रुपईडिहामै शनिबारदेखि शुरु भएको मत गणनामा भाजपाका उम्मेदवार डा.बैश्यले बिहानैदेखि मतान्तर बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा भत्किएको तटबन्धन अझै मर्मत भएन्

३१ बैशाख २०८०, आईतवार १३:२४
नेपालगञ्ज : बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताए । उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग […]