गर्मीका कारण बाँकेलगायत आसपासको जनजीवन प्रभावित

यदुराज मिश्र २५ बैशाख २०८०, सोमबार १३:१०
 

नेपालगञ्ज : तराई मधेशका बाँकेलगायतका जिल्लामा तापमान ३२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीका कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो । नेपालगञ्जको ३२ दशमलव ३ डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

गर्मीका कारण तराई, मधेशका बाँके तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । दिउँसोको समयमा बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । बाँकेमा गर्मी बढ्दै जाँदा दैनिकरूपमा गरी खाने वर्गलाई समस्या पर्न थालेको छ ।


केही दिनअघिदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन चिकित्सकहरु बताउँछन् ।

तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पुर्याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने चिकित्सकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकलसेल र थालेसेमिया नियन्त्रण अभियान प्रभावकारी बन्दै

२५ बैशाख २०८०, सोमबार १३:१०
नेपालगञ्ज : थारू समुदायको बाहुल्य भएको गाउँबस्तीमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल र थालेसेमियाको रोग नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले थारू समुदायका महिला र पुरुषमा बढी देखिएको सिकलसेल र थालेसेमियाको रोगको नियन्त्रणका लागि सुरु गरिएको अभियानप्रति सो समुदाय बढी आकर्षित भएपछि अभियान प्रभावकारी […]