जिल्ला र स्थानीय विपद् कार्यसञ्चालन केन्द्रबीच प्रभावकारी समन्वयमा जोड

सदरलाइन संवाददाता ३० चैत्र २०७९, बिहीबार १३:४५
 

नेपालगञ्ज : बाँकेमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय विपद् कार्यसञ्चालान केन्द्रहरुबीच प्रभावकारी समन्वय र सहकार्यमा जोड दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको समन्वय बैठकमा विपद् व्यवस्थापन कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिकाले विपद् जोखिम न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ ।

बैठकमा सबै स्थानीय तह तथा जिल्लामा रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रमा भइरहेका काम, गतिविधिहरुका बारेमा छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिकामा रहेका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन पहल गर्नुका साथै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिकामा असार मसान्तभित्रै आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने विषयमा पनि गहन छलफल भएको छ ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नियमितरुपमा जिल्ला र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रबीच सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नियमितरुपमा प्रतिवेदन पठाउने, विपद्का घटना तथा प्रतिकार्यका सूचना तत्कालै उपलव्ध गराउने गरी जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले विपद् बुलेटिनको खाका तयार पारेर सबै स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई उपलव्ध गराउने, घटना इन्ट्री तथा तयारीको लागि फर्मेट समेत बनाई पालिकामा उपलव्ध गराउने निर्णय पनि गरिएको छ ।


बैठकमा मनसुनजन्य र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधिबारे जानकारी गराइनुका साथै पालिकास्तरमा समेत अभिमुखीकरण गरी पूर्ण क्षति भएकाहरुको क्षति विवरण संकलन गरेर कार्यविधि अनुसार सिफारिसको प्रवन्ध गर्ने निर्णय भएको छ ।

यस्तै अन्तरपालिका आपतकालीन स्रोत साधनहरु प्रयोग तथा त्यसले विपद् व्यवस्थापनमा पारेको प्रभावबारे पनि छलफल भएको ज्ञवालीले बताए । पालिकास्तरवाट दमकल, एम्वुलेन्स, हेब्बी इक्यूपमेन्ट जस्ता सामग्री अन्तरपालिकास्तरमा परिचालनका लागि समन्वय गर्ने, सबै पालिकाको सहभागितामा विपद पोर्टल प्रयोग सम्वन्धि तालिमको व्यवस्थापनका लागि सपुर लगायत सहयोगी संघसंस्थालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले विपद् पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि स्थानीय तहहरु जिल्लासंगको समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनमा स्थानीय सरकारहरुको भूमिका नै महत्वपूर्ण हुने उनको भनाई छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जिल्ला र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबीचको सहकार्य र समन्वयका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका सडक व्यवसायीलाई सचेतना तालिम

३० चैत्र २०७९, बिहीबार १३:४५
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा पहिलोपटक सडकमा व्यवसायी गर्ने साना व्यवसायीहरुलाई पहिलोपटक सचेतना तालिम दिइएको छ । नेपाली उपभोक्ता संरक्षण महाशाखा जिल्ला कार्यसमिति बाँकेले ठेला तथा सडकमा आश्रित रहेर व्यवासयी गरिरहेका व्यवसायीलाई १ दिने तालिम दिइएको वरिष्ठ उपाध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् । ‘विशेष गरेर हामीले सडक छेउछाउमा खानाका परिकार बिक्री […]