लुम्बिनी सरकारबाट माओवादी बाहिरियो

सदरलाइन संवाददाता १२ चैत्र २०७९, आईतवार १३:३०
 

दाङ : लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आइतबार मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री जोखबहादुर महराले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताए ।

राजीनामा बुझाएर समर्थन फिर्ताको जानकारी दिन प्रदेश प्रमुख अमिक शेरचनको कार्यकक्षमा जाने तयारी भैरहेको माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए ।


माओवादीको राजीनामासँगै एमालेबाट निर्वाचित मुख्यमन्त्री गिरीले राजीनामा दिने कि विश्वासको मत लिने दुई विकल्प रहनेछन् । गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । भने कांग्रेसका २७ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ संसदले भने समर्थ गरेका थिएनन् ।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेश संसद रहेका छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फुल्टेक्रास्थित ब्रिनोज कान अस्पतालमा तालाबन्दी

१२ चैत्र २०७९, आईतवार १३:३०
नेपालगञ्ज : ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा तालाबन्दी गरिएको छ । अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आइतबार अस्पतालमा तालाबन्दी गरिएको छ । २०५७ सालमा बाँकेको ५ वटा गाविसबाट काम शुरु गरेको […]