धरौटीमा छुटे नेपालगञ्जका उपमेयर राई

सदरलाइन संवाददाता ११ चैत्र २०७९, शनिबार १३:५९
 

नेपालगञ्ज : ठगि मुद्दामा पक्राउ पुर्जी जारी भइ पक्राउ नपरेका नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई धरौटीमा छुटेका छन् । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी पाएर पनि प्रहरीले उनलाई पक्राउ गरेन ।

यसबीच कमरुद्दिन विभिन्न औपचारिक कार्यक्रम, सेमिनार, गोष्ठिमा निर्धक्कका साथ सहभागि भए । बाँके प्रहरीले कमरुद्दिनलाई पक्राउ गरि हिरासतमा राखेर घटनामाथि अनुसन्धान गर्नु पर्ने भएपनि त्यसो गरेन । सामान्यतया पक्राउ पुर्जी जारीपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान गर्नुपर्छ । तर, राजनीतिक पहुँच र दवावमा बाँके प्रहरीले कमरुद्दिनलाई पक्राउ नगरेको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।

पूर्व मन्त्रीसमेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले कमरुद्दिनलाई पक्राउ आदेश दिएको हो । मनीषा एग्री कन्सर्न नेपालगञ्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए । सार्वजनिक न्याय विरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएर पनि ‘फरार अभियुक्त’ सरह रहेका कमरुद्दिनलाई अदालतमा पेश गराइएको छ ।

उपमेयर कमरुद्दिन बुधबार आफैँ जिल्ला प्रहरी कार्यालयमा हाजिर भए । उही दिन कमरुद्दिन घरआएर रात विताए । अनि बिहीबार प्रहरीले राईलाई लिएर अदालतमा पेश गरेको थियो । अदालतमा पेश भएका कमरुद्दिनलाई धरौटी लिएर छाड्ने अदालतले आदेश दिएकोछ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले कमरुद्दिन राई आफै प्रहरीकहाँ आएर आत्समर्पण गरेको र त्यसको भोलिपल्ट आदलतमा पेश गरेको बताए ।


अदालत पेश भएकै दिनभर भएको बहसपछि जिल्ला अदालतका न्यायाधिश सनतचन्द्र लवटको इजलशाले कमरुद्दिनलाई एक लाख २० हजार धरौटि लिएर छाड्न आदेश दिएको थियो । आदेशपछि कमरुद्दिनराईले सोही दिन धरौटीबाफत एक लाख २० हजार नगद बुझाएर छुटेका छन् । धरौटी रकम बुझाएर छुटेका कमरुद्दिनविरुद्ध दर्ता भएको मुद्दाको छिनोफानो भएको छैन । अदालतले गर्ने फैसलासंगै उनको उपमेयरको पद रहने नरहने तय हुनेछ ।

मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रालि हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो । २०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गरेका थिए ।

ओझाले कमरुद्दिनले भन्सार एजेन्टका रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको बताए । उनका अनुसार अनुसन्धानका क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ ।

नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रालिको कागजातमा अकबर अलि उल्लेख छ । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा कमरुद्दिन राई विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षयरोगबाट बाँकेमा ६ महिनामा १३ जनाको मृत्यु

११ चैत्र २०७९, शनिबार १३:५९
नेपालगञ्ज : बाँकेमा क्षयरोग (टीबी)बाट १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले साउनदेखि पुषसम्म जिल्लामा १३ जनाको मृत्यु भएको बताए । यो अवधिमा जिल्लामा ५ सय १८ जना नयाँ विरामी फेला परेका छन् । ६ महिनामा ७ सय १७ जना नयाँ विरामी पत्ता […]